logo
२०८१ असोज ५ शनिवार



कोरोनाबाट फ्रान्समा एक जनाकाे मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


कोरोनाबाट फ्रान्समा एक जनाकाे मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ३ गते । कोरोना भाइरसको संक्रमणबाट यूरोपमा एक जना चिनियाँ पर्यटकको मृत्यु भएको छ । एशिया बाहिर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने यो पहिलो घटना हो ।
फ्रान्सका स्वास्थ्य मन्त्री आग्नेज बुजिनले चीनको हुवेइ प्रान्तका ८० वर्षीय एक वृद्धको संक्रमणपछि मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँ १६ जनवरीका दिन फ्रान्स पुग्नुभएको थियो । उहाँलाई २५ जनवरीमा फ्रान्सको पेरिसस्थित एक अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो । फ्रान्समा कोरोना भाइरसको संक्रमितको संख्या ११ रहेको छ ।
यसअघि चीनको मुख्यभूमी बाहिर मात्र तीनजनाको मृत्यु भएको थियो । हङकङ, फिलिपिन्स र जापानमा एक एकजना गरी तीनजनाको चीन बाहिर मृत्यु भएको थियो ।
चीनमा मात्रै उक्त भाइरसको संक्रमणले कम्तिमा एक हजार पाँचसय जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । शुक्रबार दुई हजार ६४१ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा कोरोना नोभल भाइरस संक्रमितको संख्या ६६ हजार ४९२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?