logo
२०८१ असोज ५ शनिवार



मंगोलियमा भाइरस संक्रमणको जोखिमले मार्च महिनासम्म पठनपाठन बन्द

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


मंगोलियमा भाइरस संक्रमणको जोखिमले मार्च महिनासम्म पठनपाठन बन्द


एजेन्सी
काठमाडौं, फागुन ७ गते । मंगोलियाले आगामी मार्च महिनासम्म देशभरका सम्पूर्ण विद्यालय बन्द गर्ने घोषणा गरेको छ । मंगोलियामा राज्यद्वारा सञ्चालित समाचार संस्था मोन्टसेमले बुधबार उक्त घोषणा गरिएको उल्लेख गरेको छ ।
उक्त आदेशसहितको घोषणा मंगोलियाको आपातकाल आयोगले गरेको हो । आयोगले बालबालिाकादेखि विश्वविद्यालय र प्राविधिक तथा स्वेच्छिक विषय पठनपाठन हुने केन्द्रहरुमा समेत लागू हुने बताइएको छ । मंगोलियामा नोभल कोरोना भाइरस संक्रमितको पुष्टि भइसकेको छैन् । तर चीनले मंगोलियासँग जोडिएको सीमा क्षेत्रमा दुईजनामा कोरोना भाइरसको संक्रमित रहेको पुष्टि गरेपछि उसले विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो ।
फेब्रुअरी महिनाको सुरुवातमा वुहान शहरमा रहेका करिब ३२ जना आफ्ना नागरिकलाई मंगोलियाले उद्धार गरेको थियो । मंगोलियाले यसअघि मार्च दुई तारेखसम्म चीनमा कोइलाको आपूर्ति बन्द गर्ने निर्णय गरिसकेको छ । मंगोलियाको चीनसँग लामो दूरीमा सीमाक्षेत्र जोडिएको छ ।
यसैबीच, चीनमा नोभल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । करिब ७५ हजार व्यक्तिमा उक्त भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । यद्दपी नयाँ संक्रमितको संख्या भने घट्दो क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको मुख्यभूमी बाहिर संक्रमित हुनेको संख्या करिब एक हजार पुगेको छ । हङकङमा भने बुधबार संक्रमित दोस्रो व्यक्तिको मृत्यु भएको छ । दक्षिण कोरियामा थप २० जना नयाँ संक्रमित पुष्टि भएको छ ।
जापानमा मंगलबार सातजना नयाँ संक्रमित फेला परेका छन् । जापानमा मात्रै कुल संक्रमितको संख्या ६८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?