logo
२०८१ मंसिर ८ शनिवार



मेडिकल टुरिजमलाई विकास गर्न अर्थोपेडीक अस्पताल सञ्चालनमा

स्वास्थ्य |


मेडिकल टुरिजमलाई विकास गर्न अर्थोपेडीक अस्पताल सञ्चालनमा


गोरखापत्र समाचारदाता
काठमाडौं, फागुन १२ गते । मेडिकल टुरिजमलाई विकास गर्ने उद्देश्यका साथ नेपालमा अर्थोपेडीक अस्पताल सञ्चालनमा आउने भएको छ ।

भारतको अहमदाबादमा रहेको अर्थोपेडीक अस्पताल शाल्बीले नेपालमा पनि अर्थोपेडिक अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

काठमाडौ, सूदुरपश्चिम र बुटवल गरी तीन स्थानमा अर्थोपेडिक अस्पताल सञ्चालन हुनेछ ।

अस्पताल स्थापनाको २५ औं वर्षको अवसरमा शाल्बी अस्पतालले आयोजना गरेको कार्यक्रममा यो अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. बिक्रम शाहले नेपालमा मेडिकल टुरिजमको विकास गर्न अर्थोपेडिक अस्पताल विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले अस्पताल सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिदै तत्काल अस्पताल सञ्चालको गृहकार्य भइरहेको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?