logo
२०८१ असोज ५ शनिवार



गलत सूचना दिएको भन्दै भाइरस संक्रमितमाथि मुद्दा दायर

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


गलत सूचना दिएको भन्दै भाइरस संक्रमितमाथि मुद्दा दायर


एजेन्सी
काठमाडौं, फागुन १४ गते । सिंगापुरले कोरोना भाइरसबाट संक्रमित व्यक्तिले आफ्नो यात्राबारे गलत जानकारी दिएपछि अदालतमा मुद्दा दत्र्ता गराएको छ । दुबैजनाले आफ्नो यात्राबारे गलत जानकारी दिएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गरी जनाएको छ ।
३६ वर्षीया सिंगापुरकी शि शा र ३८ वर्षीय चिनियाँ नागरिक हु जुनमध्ये हु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्थ्यो । जनवरी २२ देखि २९ सम्मको दुबैजना यात्रा जानकारी गराउन स्वास्थ्य अधिकारीले आग्रह गरेको थियो । जनवरी ३१ स्वास्थ्य परीक्षण गर्दा हुमा संक्रमण रहेको पुष्टि भएको थियो । अस्पतालमा भर्ना भएपछि फेब्रअुरी १९ मा उहाँ डिस्चार्ज हुनुभयो ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सिंगापुरको सरुवा रोग ऐनले गलत जानकारी दिनेको आरोप पुष्टि भएको खण्डमा दश हजार सिंगापुर डलर जरिवाना र छ महिना कैदको व्यवस्था गरेको छ । दुबैजना विरुद्धको मुद्दाको सुनुवाई शुक्रबार हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?