logo
२०८१ असोज ५ शनिवार



कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको निर्देशन

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको निर्देशन


एजेन्सी
काठमाडौं, फागुन २० गते । ट्वीटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सहयोग पुग्ने भन्दै ट्वीटरले जापान, हङकङ र दक्षिण कोरियामा ट्वीटरका लागि काम गर्ने श्रमिकलाई घरबाटै काम गर्न निर्देशन दिएको हो ।
ट्वीटरले आफ्नो ब्लगस्पटमा विश्वभरि ट्वीटरमा कार्यरत पाँच हजार कर्मचारीलाई घरबाटै काम गर्न कडारुपमा प्रोत्साहन गरिरहेको बताएको छ । ट्वीटरले एकदिन अघि अनावश्यक यात्रा र सभा सम्मेलनमा सहभागी हुन प्रतिबन्ध लगाएको भोलीपल्ट यस्तो निर्देशन जारी गरेको हो । उसले टेक्सासमा गर्न लागेको सम्मेलन समेत स्थगित गरेको छ ।
ट्वीटरले केही समयका लागि घरबाटै काम गर्न सकिने तरिका विकास गर्न लागेको बताएको छ । ट्वीटरका प्रमु खकार्यकारी ज्याक डोर्सेले घरबाहिरबाट गरिने कामलाई समर्थन गर्दै आउनुभएको छ । उहाँले यसअघि नोभेम्बर महिनामा छ महिना अफ्रिका बसेर काम गर्ने बताउनुभएको थियो ।
ट्वीटर झैं फेसबुक र गुगलले पनि अमेरिकामा आयोजना गर्न लागेको सम्मेलन स्थगित गरिसकेको छ । गुगलको यूरोप हेर्ने डब्लीनस्थित मुख्य कार्यालयका कर्मचारी पनि मंगलबार घरबाटै काम गर्नेछन् । गुगलका करिब आठ हजार कर्मचारी कार्यरत रहेको आयरल्याण्डमा कोरोना भाइरसको संक्रमण फैलिए सतकर्ता अपनाउन अभ्यास स्वरुप घरबाटै काम गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?