logo
२०८१ असोज ५ शनिवार



श्रीमतिमा कोरोना संक्रमण, क्यानेडाली प्रधानमन्त्री ‘आइसोलेशन’मा

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


श्रीमतिमा कोरोना संक्रमण, क्यानेडाली प्रधानमन्त्री ‘आइसोलेशन’मा


एजेन्सी
काठमाडौं, फागुन ३० गते । क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँकी श्रीमति सोफी १४ दिनसम्म ‘आइसोलेशन’मा बस्नुहुनेछ । प्रधानमन्त्री ट्रुडोकी श्रीमति सोफीमा कोरोना भाइरसको संक्रमण पोजिटिभ फेला परेपछि दुबैजना ‘आइसोलेशन’मा बस्ने भएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चिकित्सकका सुझाब बमोजिम साबधानी स्वरुप प्रधानमन्त्री ट्रुडो १४ दिनसम्म ‘आइसोलेशन’मा बस्नुहुनेछ । बेलायतबाट फर्किनुभएकी सोफीले स्वास्थ्य परीक्षण गराएपछि कोरोनाको संक्रमण पाइएको हो । प्रधानमन्त्री ट्रुडोमा भने कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन् । उहाँको स्वास्थ्य परीक्षण समेत नभएको ग्लोबल न्युजले उल्लेख गरेको छ ।
श्रीमति सोफीमा संक्रमण पोजिटिभ देखा परेपनि प्रधानमन्त्री ट्रुडोको परीक्षणमा कोरोना भाइरसको संक्रमण फेला परेको छैन् । बीबीसीले प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै क्यानेडाली प्रधानमन्त्री ट्रुडोले घरबाटै काम गर्ने जनाएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तब्यमा श्रीमति सोफी ग्रेगोरसँगै उहाँको पहुँचमा आउनेलाई समेत ‘आइसोलेशन’मा राख्ने व्यवस्था गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?