logo
२०८१ मंसिर ८ शनिवार



चेल्सीका विंगर हडसन र आर्सनलका माइक अर्टेटामा भाइरसको संक्रमण

स्वास्थ्य |
खेलकुद |


चेल्सीका विंगर हडसन र आर्सनलका माइक अर्टेटामा भाइरसको संक्रमण


चेल्सीका विंगर हडसन र आर्सनलका माइक अर्टेटामा भाइरसको संक्रमण
एजेन्सी
काठमाडौं, फागुन ३० गते । प्रिमियर लिगका खेलाडी एवम् चेल्सी विंगर कैलम हडसन ओडोइलाई कोरोना भाइरसको संक्रमित भएको पुष्टि भएको छ । आर्सेनलका व्यवस्थापक माइकल अर्टेटामा पनि संक्रमितको पुष्टि भएपछि उहाँ ‘सेल्फ आइसोलेशन’मा बस्नुभएको छ ।
अर्टेटामा संक्रमणको पुष्टि भएपछि आर्सेनलको पूर्वनिर्धारित ब्राइटन विरुद्ध शनिबारका लागि निर्धारित खेल स्थगित गरिएको छ । शनिबार नै आष्टन भिल्लाको चेल्सीसँगको खेलबारे कुनै निर्णय गरिएको छैन् । लिगको आगामी तालिकाको बारेमा छलफल गर्न प्रिमियर लिगको आकस्मिक बैठक शुक्रबार सुरु हुँदैछ ।
१९ वर्षीय कैलम हडसन गत् सोमबारदेखि प्रशिक्षणमा समेत सहभागी हुनुभएको छैन् । उहाँले भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिनुहुँदै पूर्ण लाभ हुने बित्तिकै रङ्गशालामा उत्रिने विश्वास ब्यक्त गर्नुभयो ।
बीबीसीका अनुसार प्रिमियर लिगको आकस्मिक बैठकबाट दुई साता स्थगन हुन सक्ने सम्भावना रहेको छ । लिगले कुनै निर्णय गर्दा प्रत्येक टोली सहमत हुनुपर्छ र सम्बन्धित सरकारलाई जानकारी गराइनुपर्छ ।
चेल्सीको पुरै टोली नै ‘सेल्फ आइसोलेशन’मा छन् । अर्टेटाले प्रशिक्षणको क्रममा रङ्गशालाका कर्मचारीको सम्पर्कमा आउनुभएको थियो । पछि संक्रमित भएको पुष्टि भएका उक्त कर्मचारी चेल्सीको प्रशिक्षणमा समेत उपस्थित भएपछि चेल्सीको पुरै टोली ‘सेल्फ आइसोलेशन’मा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?