logo
२०८१ असोज ५ शनिवार



अमेरिकी राष्ट्रपति ट्रम्पमा कोरोना परीक्षण ‘निगेटिभ’

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपति ट्रम्पमा कोरोना परीक्षण ‘निगेटिभ’


एजेन्सी
काठमाडौं, चैत्त २ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन् । अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसका फिजिसियनले राष्ट्रपति ट्रम्पमा संक्रमण पुष्टि नभएको खुलाएका हुन् ।
व्हाइट हाउसका फिजिसियन सीन कोन्लीले शनिबार साँझ आएको रिर्पोटमा परीक्षण नकारात्मक आएको खुलाउनुभएको छ । केही दिनअघि ब्राजिलको एक टोलीसँग अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो फ्लोरिडास्थित रिसोर्टमा बैठक गर्नुभएको थियो । भेटघाटमा संलग्न ब्राजिली डेलिगेशनका केही सदस्यमा कोरोना संक्रमणको पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले परीक्षण गराउनुभएको हो ।
भेटघाट टोलीम रहनुभएका ब्राजिली राष्ट्रपतिका सहयोगी फाबियो वैग्नार्टनमा संक्रमणको पुष्टि भएको हो । उक्त भेटघाट एक साताअघि भएको थियो । भेटपछि ट्रम्पले डेलिगेशनका सदस्यहरुसँग रात्री भोजन सँगै गर्नुभएको थियो ।
उक्त भेटपछि ७३ वर्षीय ट्रम्पले आफूमा कुनै प्रकारको लक्षण नदेखिएको बताउनुहुँदै ‘आइसोलेशन’मा बस्न रुचाउनुभएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?