logo
२०८१ मंसिर ८ शनिवार



स्वास्थ्य चौकी भवन हस्तान्तरण

स्वास्थ्य |


स्वास्थ्य चौकी भवन हस्तान्तरण


अर्जुन काफ्ले
स्याङ्जा, चैत्र २ गते । बिरुवा गाउँपालिका १ मा नवनिर्मीत स्वास्थ्य चौकी भवन गाउँपालिकाको स्वास्थ्य शाखाँलाई हस्तान्तरण गरिएको छ । शहरी बिकास तथा भवन निर्माण बिकास संघिय आयोजना कार्यान्वयन इकाई कास्कीले निर्माण गरेको भवन गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य चौकी शहरी बिकासका लेखा अधिकृत महेश कुमार सिग्देर र इन्जिनियर रेखा वाग्ले लामिछाने गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्मा, वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यवस्थापन समिति अध्यक्ष युवाराज केसी, स्वास्थ्य चौकी प्रमुख गगन सिह थापालाई सयुक्त रुप्मा हस्तान्तरण गर्नु भएको हो ।
जेएन इश्वर÷ बिवेक एण्ड कुबेर जेभीले निर्धारित समयमा भवन निर्माण गरेपछि हस्तान्तरण गरिएको इन्जिनियर रेखा वाग्ले लामिछानेले बताउनुभयो । कुबेर जकेभीले २०७४ कार्तिक १२ गते एक करोड ६१ लाख ३५ हजार ५८८ रुपियाँ ४४ पैसामा भवन निर्माणको जिम्मा लिएको थियो ।
पाचँ रोपनी क्षेत्रफलमा एक सय ८३ बर्ग मिटरमा निर्माण भएको स्वास्थ्य चौकी दुई तलाको रहेको छ ।

१४ कोठा, पाचँ शौचालय, पानी टंकी, शोक पीट, सेफ्टी टंकी, प्लासान्टा पीट रहेको भवनको सबै ठाउँमा टायल, मोज्याक र मार्बल जडान र तारबार तथा गेट निर्माण गरिएको छ ।  भवनमा रहेका कोठामा दुई वटा क्वाटर, डेलीभरी रुम, बिरामी चेक कक्ष, डेर्सिङ रुम, स्टोर, अटो क्लेभ, क्लिनिक, रिसेप्सन, ल्याब रहेको इन्जिनियर लामिछानेले जानाकारी दिनुभयो ।  स्वास्थ्य चौकी भवनको अभाबमा समस्या भोग्दै आएको बताउदै स्वास्थ्य चौकी प्रमुख थापाले भवन हस्तान्तरण सगै राहत मिलेको बताउनुभयो ।
अब फर्निचर ब्यवस्थापन गरेर चाडै भाडामा रहेका स्वास्थ्य चौकीलाई नयाँ भवनमा सार्ने थापाले बताउनुभयो ।

बिरुवा स्वास्थ्य चौकीबाट वडा नं १, २ र ३ का स्थानियले स्वास्थ्य सेवा पाउदै आएका छ भने नयाँ भवनबाट अब थप सेवा समेत पाउने थापाले बताउनुभयो ।  उहाँले अब नयाँ भवनबाट ल्याब सहितको सेवा पहिलो पटक गाउँपालिकामा पाउने बताउदै ल्याबको लागि जिल्ला सदरमुकाम र पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?