logo
२०८१ असोज ५ शनिवार



इटालीमा कोराना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १,४४१ पुग्यो

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


इटालीमा कोराना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १,४४१ पुग्यो
तस्विर–एपी, उत्तरी इटालीको ब्रेजिकास्थित एक अस्पतालमा बिरामी परीक्षणमा संलग्न स्वास्थ्य अधिकारीहरु


एजेन्सी
काठमाडौं, चैत्त २ गते। कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ । कोरोना भाइरसको संक्रमणको सुरुवात भएको चीनपछि सबैभन्दा बढी व्यक्तिको मृत्यु इटालीमा भएको हो । चीनमा मृतकको संख्या तीन हजार १९९ जना छ भने ८० हजार ८४४ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ ।
त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १४० पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् ।
पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ । फैलिदो संक्रमणले अमेरिकाले दोस्रो चरणमा शनिबार मात्रै बेलायत र आयरल्याण्डमाथि यात्रामा प्रतिबन्ध लगाएको हो । यसअघि उसले यूरोपका २६ राष्ट्रको यात्रामा प्रतिबन्ध लगाएपनि बेलायतमाथि भने लगाएको थिएन ।
चीनमा कोरोनाको सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् ।
तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२९ जना सङ्क्रमितमध्ये ६११ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, दक्षिण कोरियामा आठ हजार १६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा छ हजार ३९१ जना बिरामी भएका छन् भने १९६ जनाको मृत्यु भएको छ । स्पैन र फ्रान्समा भने विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ । संक्रमितको संख्या बढ्न थालेपछि फ्रान्स र स्पैन दुबै राष्ट्रले उच्च सतर्कता अपनाएको छ । स्पैनमा सर्वसाधारणलाई घरबाट बाहिरिन समेत रोक लगाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?