logo
२०८१ असोज ५ शनिवार



रोकिएन इटाली, फ्रान्स र स्पैनमा कोरोना भाइरसको संक्रमण

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


रोकिएन इटाली, फ्रान्स र स्पैनमा कोरोना भाइरसको संक्रमण
तस्विर– रोयटर्स, आइतबार फ्रान्सको आर्क डे ट्रिम्फ अगाडिको दृश्य


एजेन्सी
काठमाडौं, चैत्त ३ गते । कोरोना भाइरस महामारीको प्रकोप झेलिरहेको यूरोपका तीन राष्ट्रले संक्रमणबाट एकैदिनमा सबैभन्दा बढी मृत्युको सामना गरेको छ । यूरोपका इटाली, फ्रान्स र स्पैन कोरोना भाइरसको उच्च जोखिममा रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना भाइरस संक्रमणको पुष्टि भएका बिरामीको संख्या एक लाख ६२ हजार ६८७ पुगेको छ । जसमध्ये चीनमा ८१ हजार तीनजनामा उक्त संक्रमणको पुष्टि भएको छ । संक्रमणबाट करिब छ हजार ६५ जनाको मृत्यु भएको स्वास्थ्य संगठनले जनाएको छ । जसमध्ये चीनमा मात्रै तीन हजार ८५ जना रहेका छन् ।
इटालीमा एकैदिनमा शनिबार ३६८ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या एक हजार ८०९ पुगेको छ । स्पैनमा शनिबार ९७ जनाको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणले मृतकको संख्या २८८ पुर्याएको छ । स्पैनमा संक्रमितको संख्या सात हजार ७५३ पुगेको बीबीसीले उल्लेख गरेको छ ।
फ्रान्समा २९ जनाको मृत्यु हुँदा हालसम्म १२० जनाले कोरोनाबाट संक्रमित भई मृत्यु भएको जनाइएको छ । फ्रान्समा पाँच हजार चारसय जनामा संक्रमणको पुष्टि भएको छ ।
बेलायतमा शनिबार १४ जनाको मृत्युसँगै उक्त तथ्याङ्क ३५ पुगेको छ । जर्मनीले फ्रान्स, स्वीटजरल्याण्ड, अष्ट्रिया, डेनमार्क र लक्जमवर्गसँगको सीमा नियन्त्रण गर्ने योजना बनाएको छ । पोर्चुगलले स्पैनसँग जोडिएको सीमा बन्द गरेको छ । अष्ट्रियाले पाँचजनाभन्दा बढी व्यक्ति जमा नहुने गरी सोमबारबाट प्रतिबन्ध लगाउँदैछ ।
स्वीटजरल्याण्डमा एकैदिनमा आठसय नयाँ संक्रमित थपिदा कोरोना भाइरस संक्रमणको पुष्टि भएका बिरामीको संख्या दुई हजार दुईसय पुगेको छ । स्वीटजरल्याण्डमा १४ जनाको मृत्यु भएको छ ।
इटालीमा संक्रमितको संख्या नियन्त्रणमा आउन सकेको छैन् । शनिबारसम्म मात्र १५ हजारको करिब रहेको संक्रमित आइतबारसम्म २४ हजार सातसय ४७ पुगेको छ । इटालीको लोम्बार्डीमा मात्रै एक हजार दुईसय १८ जनाको मृत्यु भएको छ । इटाली सरकारले गत् साता ‘मुभमेन्ट’मा पूर्ण प्रतिबन्ध नै लगायो ।
अमेरिकामा ६२ मृत्यु
विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६२ पुगेको छ । तीन हजार दुईसय ४४ जनामा संक्रमणको पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?