logo
२०८१ असोज ५ शनिवार



कोरोना संक्रमणले २१ वर्षीय स्पैनिस फुटबल प्रशिक्षकको मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |
खेलकुद |


कोरोना संक्रमणले २१ वर्षीय स्पैनिस फुटबल प्रशिक्षकको मृत्यु
तस्विर–फ्रान्सिस्को गार्सिया/इन्स्टाग्राम


एजेन्सी
काठमाडौं, चैत्त ४ गते । स्पैनको मड्रिडमा एकजना २१ वर्षीय फुटबल प्रशिक्षकको कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको छ । स्पैनिश लिग दोस्रो डिभिजनको टोली एटलेटिको पोर्टाडा अल्टाका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ल्युकेमियाबाट पीडित गार्सियालाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गराइएको थियो । आइतबार उहाँमा कोभिड–१९ को पुष्टि भएको थियो । लगत्तै मलागास्थित क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमै उहाँको मृत्यु भएको जनाउँदै घरेलु क्लबले उहाँको निधनमा शोक व्यक्त गरेको छ । स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विज्ञलाई उद्धृत गर्दै ल्युकेमियाका बिरामी भएको कारणले कोभिड–१९ बाट गार्सियाको मृत्यु भएको जनाएको छ ।
उक्त क्षेत्रमा सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणले मृत्यु हुने पाँचौं व्यक्ति हो । स्पैनमा कोरोना भाइरसको संक्रमणले ३०० जनाको मृत्यु भएको छ । नौ हजार संक्रमितको पुष्टि भइसकेको छ ।
विश्वमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएका बिरामीको संख्या एक लाख ७० हजार पुगेको छ । सात हजार संक्रमितको मृत्यु भइसकेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?