logo
२०८१ असोज ५ शनिवार



भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु
तस्विर–रोयटर्स, भारतको कोची रेल्वे स्टेशनमा कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न मास्कको प्रयोग गरेका छात्राको समूह


नयाँ दिल्ली, चैत्त ४ गते। भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ ।
भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । कोरोना भाइरसको कारण सङ्क्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ । गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो ।
यस अघि मृत्यु भएका दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?