logo
२०८१ जेष्ठ ५ शनिवार



पानी र जीवन

स्वास्थ्य |


पानी र जीवन


डा. हेमराज कोइराला

भनिन्छ पानी जीवन हो र जीवन सम्भव हुनका लागि पानीको उपस्थिति अपरिहार्य छ । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ति पानीबाटै सुरु भएको भन्ने तर्क पेस गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको छ ।
पानी हाम्रो शरीरको हरेक कोष–कोषमा विद्यमान छ भने कोषको बाहिरपट्टि पनि एक्ट्रासेलुलार फ्ल्युड (कोष बाहिरको तरल)का रूपमा पानी नै छ । हड्डी जस्तो कठोर अङ्गमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा ७२ प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत पानी छ ।
शरीरमा हुने महìवपूर्ण जैव रासायनिक क्रियामा हिस्सा लिने यस यौगिकले मुख्यतः शरीरमा हुने अनेकौँ जैव रासायनिक क्रियाका लागि जलीय माध्यम उपलब्ध गराउने गर्दछ भने विभिन्न रासायनिक क्रियामा आफैँ पनि हिस्सा लिन्छ । विभिन्न तत्वको परिवहन गराउने, शरीरको रक्तचाप र तापक्रम नियन्त्रण गर्नेदेखि पाचन एवं उपपाचनपश्चात् उत्पादित विजातीय द्रव्यको निष्कासनमा पनि पानीले महìवपूर्ण भूमिका खेल्छ ।
यसरी जीवनको महìवपूर्ण घटकका रूपमा रहेको यस यौगिकको शरीरमा क्षय पनि निरन्तर रूपमा भइरहने हँुदा यसको पूर्ति गर्नका लागि हामीले निरन्तर रूपमा (जलपान) पानी पिइरहनुपर्ने हुन्छ ।
नियमित अन्तरालमा जलपान नगर्दा थाहै नपाइकन जल–अल्पताको सिकार भई अनेकौँ स्वास्थ्य समस्या देखापर्न सक्छन् र आफ्नै लापरबाहीका कारण गम्भीर रोगले समात्न पनि सक्छ ।
तसर्थ हामी सबै (वयस्क व्यक्ति)ले दैनिक चार÷पाँच लिटर पानी पिउनु आवश्यक छ तर भागदौडले भरिएको यस जिन्दगीमा हामीले व्यस्तता एवं विस्मृतिका कारण पर्याप्त पानी नपिइरहेका हुन सक्छौँ । हामीले पर्याप्त पानी पिइरहेका छौँ वा छैनौँ भनेर पर्याप्त पानी नपिउँदा उत्पन्न हुने केही शारीरिक एवं मानसिक लक्षणको जानकारी हुन आवश्यक छ ।
यी लक्षणको ज्ञान हुन सके आपूmले पानी पर्याप्त पिएको, नपिएको बेलैमा थाहा पाएर पानी पिउन सकिन्छ । पानी पर्याप्त नपिउँदा देखा पर्ने लक्षणहरू निम्न लिखित छन् ः
१) मुख सुक्ने ः शरीरमा पानी कम भएको मुख्य लक्षण भनेको मुख सुक्नु हो । शरीरमा पानीको मात्रा कम भएपछि ¥यालग्रन्थीले पर्याप्त ¥याल बनाउन सक्दैन । फलतः मुख एवं घाँटी सुक्छ । बारबार मुख एवं घाँटी सुक्न थाल्यो भने यो समस्या निर्जलीकरणले गर्दा हो भन्ने बुझेर तुरुन्त पानी पिउनु पर्दछ तर पानीको पूर्ति नुनचिनी हालिएको एवं कार्बाेनेटेड पेयले गर्न सक्दैन । यस्ता पेय पिउँदा झन् जल–अल्पता बढ्छ । यसर्थ तिर्खा लागेको बेलामा पानी पिएर नै तिर्खा मेट्नु पर्दछ ।
२) छाला सुक्खा हुने ः शरीरमा जल–अल्पता बढ्दै गएपछि छालामा रक्तप्रवाह गर्ने रक्तनलीहरू सङ्कुचित भई छालामा पानीको आपूर्ति रोकिएर छालाको ओसिलोपना नाश हुन पुग्दछ । यस्तो अवस्थामा छाला सुक्खा हुने, चाउरिने, फुस्रो हुने, झुल्लिने र छालाको प्राकृतिक चमक नष्ट हुने गर्दछ ।
३) जोर्नी दुःखाई ः जोर्नी दुई हड्डीको सङ्गमलाई भनिन्छ । जोर्नीमा दुई हड्डीलाई आपसमा बाँधेर राख्ने लिगामेन्ट हुन्छन् भने सन्धि स्थानमा कार्टिलेज नामक कोमल तन्तु पनि हुन्छ । लिगामेन्ट एवं कार्टिलेज जस्ता कोमल तन्तुमा पनि ७० देखि ८० प्रतिशत पानी रहेको हुन्छ भने यी तन्तुलाई निर्बाध सक्रिय रहनका लागि पर्याप्त पानी आपूर्ति भइरहनुपर्दछ ।
शरीरमा पानीको अभाव भइरहेको खण्डमा यी तन्तुमा हुने पानी कम भई तन्तुहरू विघटित हुन सक्छन् । फलतः जोर्नी दुख्ने, सुन्निने, लिगामेन्ट एवं कार्टिलेजहरू खिइने तथा जोर्नी नै विकृत हुने जस्ता समस्या देखा पर्दछन् । यद्यपि जोर्नीको स्वास्थ्यलाई खराब गर्ने धेरै तत्व छन् र तीमध्ये आम एवं वास्ता नगरिएका कारण कम पानीको सेवन पनि हो ।
४) पहेँलो पिसाब आउनु ः पिसाब स्वास्थ्यको दर्पण हो । पिसाबको रङले स्वास्थ्यका धेरै आयामको जानकारी दिन सक्छ । यसमध्ये पिसाबको रङले शरीरमा पानी कम भए, नभएको विषयको पनि जानकारी दिने गर्दछ । यदि पिसाबको रङ पहँेलो हुँदै गयो भने मान्नुहोस् तपाईंको शरीरमा जलअल्पता सुरु भइसक्यो र तपाईंको शरीरले पिसाबबाट हुने जलविसर्जन रोक्न थालिसक्यो । यसर्थ हाम्रो शरीरमा हुने जलअल्पताको पहिलो चिन्हका रूपमा पहेँलो पिसाबलाई लिन सकिन्छ । साधारणतया मान्छेको पिसाब हल्का पहेँलो ­रङको हुन्छ तर पिसाब गाढा पहेँलो हुँदै गयो भने त्यो जलअल्पताको लक्षण हो ।
५) पिसाबको मात्रा कम हुनु ः नियमित रूपमा पानी पिइरहने व्यक्तिले नियमित रूपमा पिसाब विसर्जन गर्दछ तर शरीरमा पानीको मात्रा कम हुँदै गयो भने पिसाबको मात्रा र नियमितता पनि कम हुने गर्दछ । साधारणतया एउटा स्वस्थ व्यक्तिले दिनमा छदेखि सातपटक पिसाब विसर्जन गर्दछ तर दैनिक छ÷सात पटकभन्दा कम पिसाब विसर्जन भएमा त्यो जलअल्पताको प्रारम्भिक चिन्ह हुनसक्छ ।
६) कब्जियत ः मल विसर्जनको नियमितता अत्यन्त कम भई दैनिक एकपल्ट पनि दिसा नहुनु वा दिसाको नरमपना नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ । उसै त कब्जियत अनेकौँ कारणले हुने गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा पनि कब्जियतका लक्षण देखापर्ने गर्छ । यसकारण पानी कम भएर कब्जियत भएको भए पानी पिएरै कब्जियत ठीक गर्न सकिन्छ र अन्य कारणबाट कब्जियत भएको भए पनि प्रशस्त पानी पिउँदा कब्जियत निवारणमा ठूलो टेवा पुग्छ ।
७) शारीरिक एवं मानसिक थकाइ ः शरीरमा पानीको मात्रा कम हँुदै गयो भने शारीरिक एवं मानसिक थकान महसुस हुने गर्दछ तर सामान्यतया हामी शारीरिक एवं मानसिक थकान भएको खण्डमा चियाकफी वा कार्बाेनेटेड ड्रिङ पिउने गर्दछौँ । यसो गर्दा एकछिन पुनर्ताजगीको अनुभव त हुन्छ तर शरीरमा भएको जलअल्पता पुनः बढ्छ र केही क्षणपश्चात् झन् धेरै थकाइ लाग्न थाल्छ । यसकारण जब हामीलाई शारीरिक एवं मानसिक थकाइको अनुभव हुन्छ । त्यस अवस्थामा पानी पिउने गरौँ ।
८) टाउको दुख्ने ः बेलाबेलामा टाउको दुख्ने समस्या शरीरमा पानीको मात्रा कम हुनाले पनि भएको हुनसक्छ । सामान्यतया नियमित रूपमा टाउको दुखिरहने समस्या भएमा पानी पिएर राहत पाउन सकिन्छ । यस्तो अवस्थामा जडीबुटीको चिया, मोही, मह, कागती, पानी, प्राकृतिक तत्वद्वारा निर्मित सर्बत वा फलको रस पिउँदा झनै उत्तम हुन्छ तर टाउको दुःखाईको निहुँमा चिया कफी वा कार्बाेनेटेड पेय पदार्थ वा चिनी हालिएका पेय पदार्थ पिउँदा जलअल्पता झनै बढ्न गई समस्या पुनः थपिन सक्छ ।
९) पाचनसम्बन्धी समस्या ः नियमित रूपमा पाचन समस्याबाट ग्रस्त भइरहनुभएको छ र पानी पनि पर्याप्त मात्रामा पिउनु हुुन्न भने तपाईंको पाचन समस्या जलअल्पताको कारणले हुनसक्छ । पाचन सुचारु हुन चाहिने पर्याप्त पानी नपिउँदा विशेषगरी अम्लपित्त, अपच, अजीर्णता, पेट फुल्ने, दुख्ने, ढ्याउढ्याउ आउने जस्ता समस्या देखिन सक्छ । यसको अलावा ग्यास्ट्रिक, कब्जियत, अपानवायु वृद्धि र ढ्याउढ्याउ आउने जस्ता समस्या पनि जलअल्पताकै कारणले हुने गर्दछ ।
१०) कमजोर प्रतिरक्षा प्रणाली ः हाम्रो शरीरमा रोगसँग लड्नका लागि प्रतिरक्षा प्रणालीको व्यवस्था छ । प्रतिरक्षा प्रणाली सशक्त भएको खण्डमा धेरै रोगविरुद्ध सशक्त ढङ्गले लडेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा शरीरबाट निष्कासित भएर जानुपर्ने विजातीय द्रव्यहरू विसर्जन हुन नसक्दा शरीरमा विष सञ्चय हुन पुग्छ । फलतः विजातीय द्रव्यको सञ्चयले प्रतिरक्षा प्रणालीमा प्रतिकूल प्रभाव पार्दछ ।
११) कान्तिक्षय ः शरीरमा पानी कम भएको खण्डमा व्यक्तिको कान्ति एवं तेज पनि कम हुने गर्दछ । यदि कसैलाई शरीरमा ऊर्जा क्षय भएको महसुस हुन थाल्यो भने त्यसको कारण जलअल्पता पनि हुनसक्छ ।

लेखक भरतपुर–१ वागेश्वरीका योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।  

– युवामञ्च चैत २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?