logo
२०८१ मंसिर ८ शनिवार



तामामा भन्दा स्टिल र प्लाष्टिकमा धेरै बाँच्छ कोरोना भाइरस

स्वास्थ्य |
मुख्य समाचार |


तामामा भन्दा स्टिल र प्लाष्टिकमा धेरै बाँच्छ कोरोना भाइरस


गोरखापत्र अनलाइन

काठमाडौं, चैत ६ गते । नयाँ कोरोना भाइरस हावामा वा सतहमा कति समय सम्म टिक्न सक्छ भन्ने विषयमा बेलायतमा गरिएको एक अध्ययनले स्टिल र प्लास्टिकको सतहमा यो तीन दिनसम्म जिवित रहन सक्ने पाइएको छ ।

न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । साथै संक्रमित व्यक्तिले खोक्दा वा स्वास फेर्दा हावामा आउने साना पानीका कणमा भने तीन घण्टासम्म बाँच्न सक्ने पाइएको छ ।

अध्ययनले नयाँ कोराना भाइसरको मानिसको शरीर बाहिर बाँच्न सक्ने क्षमता सार्स कोभ १ भाइरस जसले सन् २००२ मा सिभियर एक्युड सेरपिडरी सेन्ड्र«म (सार्स)को संक्रमण फैल्याएको थियो सो सँग मिल्दो जुल्दो पाइएको सीएनएनले समाचारमा जनाएको छ ।

सो अध्ययनले नयाँ कोरोना भइरस अन्य सतहहरूमा कति समय बाँच्नसक्छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको जनाएको छ । अध्ययनका क्रममा स्टिल र प्लास्टिकको सतहमा राख्दा ७२ घण्टा बाँचेको थियो भने तामाको सतहमा राख्दा जम्मा चार घण्टा र कार्ड बोर्डमा राख्दा २४ घण्टा बाँचेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?