logo
२०८१ असोज ५ शनिवार



इटालीमा एकैदिन ४७५ जनाको मृत्यु, विश्वमा संक्रमित दुई लाख नाघ्यो

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


इटालीमा एकैदिन ४७५ जनाको मृत्यु, विश्वमा संक्रमित दुई लाख नाघ्यो


एजेन्सी
काठमाडौं, चैत्त ६ गते । इटालीमा कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या तीन हजार पुगेको छ । बुधबार एकैदिन इटालीमा ४७५ जनाको मृत्यु भएको छ । बुधबार रेकर्ड गरिएको मृतकको संख्या संक्रमण पुष्टि भएयताकै सबैभन्दा ठूलो हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इटालीमा सबैभन्दा बढी संक्रमित पुष्टि भएको लम्बार्डी क्षेत्रमा बुधबार ३१९ जनाको मृत्यु भयो । कोरोना भाइरसको कारणले विश्वभरि आठ हजार ७५८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीन र इटालीमा मात्रै करिब छ हजार पाँचसय जनाले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न इटाली पछिल्लो दुई सातादेखि ‘लक डाउन’को अवस्थामा छ । सर्वसाधारणलाई घर भित्रै बस्न आग्रह गरिएको छ तर मृतक र संक्रमितको संख्या घटेको छैन् । विश्व स्वास्थ्य संगठनका निर्देशक माइक रयानले स्वास्थ्य प्रणाली स्तब्ध गराउने संक्रमितको संख्या हुनु र वृद्धको संख्या बढी हुनुले मृतकको संख्या बढेको बताउनुभएको छ ।
कोरोना भाइरसको संक्रमितको संख्या दुई लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत संक्रमित यूरोप, पश्चिमी प्रशान्त क्षेत्रका हुन् ।
इटालीपछि स्पैनमा सबैभन्दा संक्रमित फेला परेका छन् । स्पैनमा ५९८ जनाको मृत्यु र १३ हजार ७१६ जना संक्रमित रहेको पुष्टि भएको छ । फ्रान्समा १७५ जनाको मृत्यु र सात हजार ७३० जनामा संक्रमणको पुष्टि भएको छ । जर्मनीमा मृतकको संख्या १२ मात्रै रेकर्ड गरिएपनि आठ हजार १९८ जना संक्रमित भएको पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?