logo
२०८१ असोज ५ शनिवार



चीनमा नयाँ संक्रमित शुन्यमा झर्यो

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |
फिचर |


चीनमा नयाँ संक्रमित शुन्यमा झर्यो
तस्विर– सिन्हवा, संक्रमणपछि वुहानमा सहयोगका लागि परिचालन गरिएका दुई हजार ५२० जना स्वास्थ्य अधिकारीहरु बुधबार वुहानबाट जियान्सी प्रान्तका लागि प्रस्थान गर्दै


एजेन्सी
काठमाडौं, चैत्त ६ गते । संक्रमण सुरु भएको तीन महिनामा चीनमा पहिलो पटक कोभिड–१९ को कुनै बिरामी फेला परेको छैन् । कोभिड–१९ को केन्द्रबिन्दु चीनको हुवेइ प्रान्तको वुहानमा महिनौंको संघर्षपछि एकजना पनि नयाँ संक्रमित फेला परेको छैन् ।
सञ्चारमाध्यम सिन्हवाका अनुसार हुवेइ प्रान्तस्थित स्वास्थ्य आयोगले बुधबारसम्म वुहानमा ५० हजार पाँच र हुवेइ प्रान्तमा ६७ हजार ८०० संक्रमितको पुष्टि भएको जनाएको छ । उक्त संख्या मङ्गलबार जत्तिकै हो । यसै साताको सुरुमा एकाइ संख्यामा नयाँ संक्रमित थपिदै आएको वुहानमा बुधबार नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अघिल्लो महिना दैनिक रुपमा वुहान हजारौंको संख्यामा संक्रमित थपिएका थिए ।
बुधबार ७९५ जना संक्रमित अस्पतालबाट निको भएर घर फर्केका छन् । अस्पतालमा भर्ना भएका बिरामीको संख्या छ हजार ६३६ रहेको छ । जसमध्ये एक हजार ८०९ को अवस्था गम्भिर छ भने ४६५ जना आईसीयूमा भर्ना छन् ।
चीनमा अब भने बाहिरबाट आउने यात्रुले संक्रमण लिएर आउन सक्ने जोखिम बढ्दो छ । बुधबार बाहिरबाट चीन आएका ३४ जनामा संक्रमणको पुष्टि भएको छ ।
संक्रमणपछि वुहानमा सहयोगका लागि परिचालन गरिएका दुई हजार ५२० जना स्वास्थ्य अधिकारीहरु बुधबार वुहानबाट जियान्सी प्रान्तका लागि प्रस्थान गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?