logo
२०८१ असोज ५ शनिवार



भारतको कुन राज्यमा कति संक्रमित ?

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


भारतको कुन राज्यमा कति संक्रमित ?


एजेन्सी
काठमाडौं, चैत्त ६ गते । भारतको दश राज्यमा कोभिड – १९ का नयाँ संक्रमित थपिएका छन् । भारतको लद्दाखदेखि तामीलनाडुसहितका राज्यमा कोरोना भाइरस संक्रमणका बिरामीहरु थपिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बुधबारसम्म भारतमा संक्रमण पुष्टि भएकाहरुका संख्या १७० पुगेको जनाएको छ । बुधबार २८ जना नयाँ बिरामी थपिएको द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या १५० मात्रै रहेको जनाएको छ ।
तेलङ्गानामा आठजना, राजस्थान र कर्नाटकामा तीन तीन जना, नयाँ दिल्ली, महाराष्ट्र र उत्तर प्रदेशमा दुई दुई जना तथा हरयाणा, लद्दाख, जम्मु काश्मिर र तामीलनाडुमा एक एकजना नयाँ संक्रमित फेला परेका हुन् । महाराष्ट्रमा जमा संक्रमितको संख्या ४५ पुगेको छ । केरलामा २७, उत्तरप्रदेशमा १७, कर्नाटकामा १४, तेलङ्गामा १३ जनामा संक्रमित पुष्टि भएको हो । महाराष्ट्रसँग जोडिएको पुणेमा १८ मा संक्रमित छन् । जम्मु काश्मिरमा संक्रमितको संख्या तीन पुगेको छ ।
भारतमा संक्रमित हुने अधिकांश इन्डोनेशिया, इटाली, इरान र साउदी अरबबाट फर्केकाहरु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणले हालसम्म तीनजनाको मृत्यु भएको छ । तेलङ्गानामा पुष्टि भएको आठजनामध्ये सातजना इन्डोनेसिया भ्रमण गरेर फर्केकाहरु छन् । संक्रमित आठौं व्यक्ति स्कटल्याण्डबाट फर्किएका हुन् ।
मार्च ७ मा इटालीबाट फर्केका एकै परिवारका तीनजनामा राजस्थानमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?