logo
२०८१ असोज ५ शनिवार



भारतमा कोभिड–१९ सामनाको तयारी, एकदिनका लागि ‘जनता कर्फ्यु’

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


भारतमा कोभिड–१९ सामनाको तयारी, एकदिनका लागि ‘जनता कर्फ्यु’


एजेन्सी
काठमाडौं, चैत्त ६ गते । कोभिड–१९ को जोखिम न्युनिकरणका लागि भारतमा आइतबार दिनभरि कर्फ्यु लगाइदैछ । बढ्दो संक्रमणलाई लिएर आइतबार एक दिनका लागि बिहान सातबजेदेखि राति नौ बजेसम्म घरभित्रै बस्न आग्रह गरिएको छ ।
कोभिड–१९ का बिरामीको संख्यामा दैनिकरुपमा वृद्धि भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्नुहुँदै ‘जनता कफर््यु’को घोषणा गर्नुभएको हो । उहाँले आइतबार सबै नागरिकलाई घरभित्रै रहन आग्रह गर्नुभयो । कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिने सम्भावनामा ‘लक डाउन’ गर्नुपर्ने अवस्था आए अभ्यास स्वरुप एकदिनका लागि उक्त कफर््युको घोषणा गरिएको हो । उहाँले आउन सक्ने सम्भावित चुनौतीको सामना गर्न तयारी स्वरुप जनता कफर््यु आव्हान गरिएको प्रष्ट्याउनुभयो ।
देशबासीलाई सम्बोधन गर्नुहुँदै भारतीय प्रधानमन्त्री मोदीले कोभिड–१९ को महामारीले विश्व समुदायलाई अलग थलग पारेको टिप्पणी गर्नुभयो । कोभिड–१९ को असरबारे टिप्पणी गर्नुहुँदै उहाँले पहिलो र दोस्रो विश्वयुद्धले असर गर्न नसकेको राष्ट्र समेत कोरोना संक्रमणबाट अछुतो रहन नसकेको बताउनुभयो ।
मार्च १२ मा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएको भारतमा मार्च १५ मा ११२ जना संक्रमितको पुष्टि भएको थियो । बिहिबारसम्म उक्त संख्या १७८ रेकर्ड गरिएको छ । कोरोना भाइरसको संक्रमणले हालसम्म भारतमा चार जनाको मृत्यु भएको छ ।
यसैबीच, भारतले मार्च २२ देखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । समाचार संस्था प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार मार्च २२ देखि एक साताका लागि अन्तर्राष्ट्रिय विमानलाई भारतमा अवतरण गर्न रोक लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?