logo
२०८१ असोज ५ शनिवार



मृतक दश हजार नाघ्यो, इटाली सबैभन्दा बढी प्रभावित

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


मृतक दश हजार नाघ्यो, इटाली सबैभन्दा बढी प्रभावित


एजेन्सी
काठमाडौं, चैत्त ७ गते । विश्वमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दश हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क पछ्याउँदै आएको जोन्स हप्कीन्स विश्वविद्यालयले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दश हजार नाघेको जनाएको छ ।
विश्वविद्यालयले विश्वभरि दुई लाख ४४ हजार पाँचसय जनामा संक्रमणको पुष्टि भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ बाट इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ । यसअघि कोभिड–१९ को संक्रमणले सबैभन्दा बढी चीनमा मृत्यु भएको थियो । इटालीमा बिहिबारसम्म तीन हजार चारसय पाँचजनाको मृत्यु भएको छ । बिहिबार १५७ जनाको मृत्यु भएको हो । चीनमा कोभिड–१९ बाट मृतक हुनेको संख्या तीन हजार दुई सय ४८ रेकर्ड गरिएको छ ।
क्यालिफोर्नियामा ‘लक डाउन’
अमेरिकाको क्यालिफोर्नियाका करिब चार करोड सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरिएको छ । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको राज्य हो । क्यालिफोर्नियाका गर्भनरले करिब दुई करोड ५० लाख सर्वसाधारणमा कोभिड–१९ को संक्रमण पुग्ने चेताबनी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?