logo
२०८१ मंसिर ८ शनिवार



इंग्लीश ब्याट्सम्यान एलेक्स हल्स, टम कर्रन ‘सेल्फ आइसोलेशन’मा

स्वास्थ्य |
खेलकुद |


इंग्लीश ब्याट्सम्यान एलेक्स हल्स, टम कर्रन ‘सेल्फ आइसोलेशन’मा


एजेन्सी
काठमाडौं, चैत्त ७ गते । पाकिस्तान सुपर लिग खेलेर फर्किनुभएका इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स हल्समा कोभिड–१९ को लक्षण देखिएको छ । एकजना खेलाडीमा भाइरसको लक्षण देखा परेपछि पाकिस्तान सुपर लिगले मङ्गलबार सेमीफाइनल र फाइनल खेल रोक्ने निर्णय गरेको थियो ।
पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले खेलाडीमा संक्रमणको लक्षण देखिएको बताउनुभएपनि नाम उल्लेख गर्न चाहनुभएन । तर खेलकै क्रममा कमेन्ट्री गर्नुभएका रमिज राजाले एलेक्स हल्समा कोभिड–१९ को लक्षण देखा परेको बताउनुभएको थियो ।
हल्सले क्रिकेट जगत्मा भइरहेको आशंकाबारे प्रष्ट्याउँदै भन्नुभयो, “शनिबार स्वस्थ्य अवस्थामा इंग्ल्याण्ड फर्किए, भोलीपल्ट बिहान सुतेर उठ्दा ज्वरो आएपछि कोभिड–१९ को लक्षण देखिएको हो ।” उहाँले सरकारी स्वास्थ्य अधिकारीहरुको सुझाबमा आफू ‘सेल्फ आइसोलेशन’मा बसेको जानकारी दिनुभयो । उहाँले छिट्टै शारीरिक परीक्षण गराउने बताउनुभयो ।
द् गार्जियनले भने पाकिस्तानबाट फर्केपछि हल्सले शनिबार नै टम कर्रन र जैद डर्नब्याकसँग भेटघाट गर्नुभएको उल्लेख गरेको छ । उहाँहरु दुबै जनापनि ‘सेल्फ आइसोलेशन’मा बस्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?