logo
२०८१ असोज ५ शनिवार



भारतमा बढ्दो संक्रमण, बिहारको तीन हजार मन्दिरमा ताल्चा लगाइयो

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


भारतमा बढ्दो संक्रमण, बिहारको तीन हजार मन्दिरमा ताल्चा लगाइयो


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ९ गते । भारतमा कोभिड–१९ को संक्रमण तीब्र रुपमा अगाडि बढ्दैछ । शनिबार एकैदिन ८० नयाँ संक्रमितको पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोभिड–१९ संक्रमितको संख्या भारतमा ३३४ पुगेको छ । भारतमा अहिलेसम्म कोभिड–१९ को संक्रमणबाट चारजनाको मृत्यु भएको छ । सबैभन्दा बढी जोखिम भारतको महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा मात्रै कोभिड–१९ का ६३ जना संक्रमितको पुष्टि भएको छ । भारतको २२ राज्यमा कोभिड–१९ को संक्रमण फैलिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत्त ९ गते जनता कफर््युको आव्हान गर्नुभएको थियो । उक्त कफर््यु आज बिहान सातबजदेखि राति नौ बजेसम्म कायम रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । कफर््युको क्रममा सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिएको छ ।
यसैबीच कफर््युको क्रममा भारत बिहार राज्यको करिब तीन हजार चारसय मन्दिरमा ताल्चा लगाइएको छ । बिहार राज्य सरकारले जनता कफर््युको अघिल्लो राति १२ बजेबाट नै मन्दिरमा सर्वसाधारणको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
भारतले इटालीमा रहेको आफ्नो नागरिकलाई दोस्रो पटक स्वदेश फर्किने व्यवस्था गर्न लागेको छ । जस बमोजिम एयर इन्डियाको विमानबाट २६३ जना छात्रछात्रालाई भारत ल्याइदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?