logo
२०८१ असोज ५ शनिवार



भारतमा कोभिड–१९ का ४१५ संक्रमित, ४१ जना विदेशी

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


भारतमा कोभिड–१९ का ४१५ संक्रमित, ४१ जना विदेशी


एजेन्सी
काठमाडौं, चैत्त १० गते । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ४१५ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ३६० रहेको संक्रमितमा सोमबार बिहानसम्म ५५ जना नयाँ थपिएका हुन् ।
भारतमा कोभिड–१९ बाट सोमबारसम्म सातजनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै प्रेस ट्रष्ट अफ इन्डियाले कोभिड–१९ बाट संक्रमित ४१५ जनामध्ये ४१ जना विदेशी नागरिक रहेको जनाएको छ । कोभिड–१९ बाट आइतबार बिहार, महाराष्ट्र र गुजरातमा एक एक जनाको मृत्यु भएको छ । २४ जना कोभिड–१९ का संक्रमित उपचारपछि घर फर्किएको पीटीआईले उल्लेख गरेको छ ।
भारतीय चिकित्सकीय अनुसन्धान परिषद्ले सोमबार बिहान दश बजेसम्म १८ हजार ३८३ जनाको नमूना लिइएको जनाएको छ । सोमबार बिहानसम्म महाराष्ट्र र केरला दुबै राज्यमा कोभिड–१९ पुष्टि भएका बिरामीको संख्या सामान ६७ जना रहेको छ । भारतको राजधानी नयाँ दिल्लीमा २९, उत्तर प्रदेशमा २८, राजस्थानमा २७, तेलङ्गाना र कर्नाटकामा सामान २६ जना संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, पञ्जाब, हरियाणा, गुजरात, तामीलनाडु, पश्चिम बंगाल, आन्ध्र प्रदेश र उत्तराखण्डमा समेत कोभिड–१९ का संक्रमितको पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?