logo
२०८१ असोज ६ आईतवार



कोरोना महामारी – संक्रमित सात लाख २१ हजार, मृतक ३४ हजार करिब

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


कोरोना महामारी – संक्रमित सात लाख २१ हजार, मृतक ३४ हजार करिब
तस्विर -सिन्हवा, फिलिपिन्सको केजोन शहरमा संक्रमणको आशंका भएका बिरामीलाई स्क्रिनिंग गर्दै स्वास्थ्य अधिकारी ।


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १७ गते । महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण विश्वब्यापी रुपमा तिब्र रुपमा फैलिएको छ । यूरोपेली राष्ट्र इटालीपछि कोभिड–१९ संक्रमणको केन्द्रबिन्दु अब संयुक्त राज्य अमेरिका बनेको छ । कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या विश्वभरि करिब ३४ हजार पुगेको छ ।
अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार विश्वभरि सात लाख २१ हजार आठसय संक्रमितको पुष्टि भएको छ । अमेरिकामा मात्रै दुई हजार चार सय संक्रमितको मृत्यु भएको छ । एक लाख ३९ हजार व्यक्तिमा संक्रमणको पुष्टि भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले विश्व स्वास्थ्य संगठन र अतिरिक्त स्रोतबाट संक्रमितको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । ्अमेरिकाका दुई राज्य हवाई र वमिङ्गमा मात्रै भाइरस संक्रमणले मृत्युको दत्र्ता गरिएको छैन् । पश्चिमी भर्जिनियामा आइतबार पहिलो मृत्युको दत्र्ता गरियो ।
नेशनल इन्स्टिच्युट अफ एलर्जि एण्ड इन्फेक्शश डिजिजेजका निर्देशक डा. एन्थोनी फौसीले अमेरिकामा करिब दशलाख व्यक्ति संक्रमित हुने अनुमान गर्नुभएको छ । उहाँले मृतकको संख्या एक लाख पुग्न सक्ने बताउनुभयो । यद्दपी पछिल्लो समय अपनाइएको सावधानीको उपायपछि उक्त तथ्याङ्कमा केही फरक पर्ने उहाँको दाबी छ ।
अमेरिकाको सबैभन्दा बढी प्रभावित न्युर्योक शहरमा सामाजिक दूरीको मापदण्ड पुरा नगर्नेलाई दुई सय पचासदेखि पाँचसय डलर जरिवाना तय गरिएको छ । न्युर्योकमा मात्रै करिब ६० हजार संक्रमित छन् । मेयर बिल डे ब्लासियोले आइतबार चहलपहलमा कडाइको घोषणा गर्दा उक्त व्यवस्था लागू गरिएको बताउनुभयो ।
जापानमा आइतबार मात्रै १७३ जना नयाँ संक्रमित थपिएका छन् । राजधानी टोक्योमा एकैदिन ६८ जना संक्रमित फेला परेका छन् । फिलिपिन्सले एकैदिनमा अहिलेसम्मको सबैभन्दा बढी संक्रमित दत्र्ता गरेको छ । फिलिपिन्समा आइतबार ३४३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य विभागका अनुसार फिलिपिन्समा कुल संक्रमितको संख्या एक हजार ४१८ पुगेको छ । मृतकको संख्या ७१ पुगेको छ ।
चीनको मुख्यभूमीमा आइतबार ३१ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा कोरोना संक्रमितको संख्या ८१ हजार ४७० पुगेको छ । ७५ हजार ७७० संक्रमित उपचारपछि निको भई घर फर्केका छन् ।
नयाँ थपिएका संक्रमित विदेशबाट आएकोमा फेला परेको जनाइएको छ । चीनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३९६ रहेको छ । कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा आइतबार चारजनाको संक्रमणले मृत्युपछि चीनमा मृतकको संख्या तीन हजार ३०४ पुगेको छ ।
इटालीमा मृत्युको घटनामा कमी आएको छ । आइतबार ७५६ जनाको संक्रमणबाट मृत्यु भएको सीएनएनले उल्लेख गरेको छ । इटालीमा शुक्रबार ९६९ र शनिबार ८८९ जनाको संक्रमणले मृत्यु भएको थियो ।
रुसको मस्को शहर नै क्वारेन्टाइन गरिएको छ । मेयर सर्जि सोबियानिनले एक वक्तब्य जारी गर्नुहुँदै सोमबारबाट लागू हुने गरी घरबाहिर निस्किन नपाउने गरी क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?