सल्यान समाचारदाता
सल्यान, चैत १८ गते । सल्यान अस्पताल सल्यानमा नोवेल कोरोना भाईरसवाट संक्रमित विरामी अहिले सम्म कुनै पनि भर्ना भएका छैनन । अस्पतालमा २० क्वारेन्टाईन र ६ आइशोलेशन कक्ष तयार गरिएको छ ।
अस्पतालमा पहिले भन्दा स्वास्थ्य चेक जाँच र उपचारका लागि आउने विरामीको सख्या कमी आएपनि उपचार सेवा भने जारी रहेको छ । जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन वुढाले दैनिक ७५ जना विरामी उपचारका लागि आउने गरेको बताउनुभयो । उहाका अनुसार लक डाउन घोषणा पूर्व जिल्ला अस्पतालमा दैनिक १सय ५० वढि विरामी उपचारका लागि आउने गरेका थिए । अहिले ईमेरजेन्सी सेवा र प्रसुतिका लागि आउने गरेका छन् ।
सल्यान सदरमुकाम खंलगामा रहेको जिल्ला अस्पतालमा सामान्य ज्वरो, रुघाखोकी, दमका विरामी पैदल हिडेर सेवा लिन नआएको अस्पतालले जनाएको छ । वहिरग सेवा लिन दैनिक २० जना सेवाग्राही आउने गरेका छन् भने अन्तरंग सेवा लिने पहिले जस्तै आउने गरेका छन् ।
जिल्ला अस्पलाताल सल्यानका डाक्टर प्रदिप शर्माले प्रसुति सेवा लिन आउने संख्या वढेको बताउनुभयो । उहाका अनुसार वहिरंग सेवा लिने संख्यामा कमी आएको भएपनि प्रसुति सेवा लागि आउनेका संख्या वढेको छ । दैनिक जिल्ला अस्पतालमा सरदर १० जनाका दरले गर्भवति महिला आउने गरेका छन् ।
गाउँमा लकडाउन पछि अस्पताल वन्द भएर होला । जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने वढेका छन् डाक्टर शर्मा ले भन्नुभयो एम्वुलेन्स प्रयोग गरेर िवरामी आउने गरेका छन् ।
अस्पतालले कार्यरत कर्मचारी कसैलाई विदा नदिएकाले अस्पतालको सेवामा कुनै रोक नभएको जनाइएको छ ।यस अघि १५ शैया रहेकोमा यो व र्ष २२ थपेर ३७ शैयामा अस्पताले सेवा दिईरहेको छ । यहाँ अप्रेशन, डेलिभरी, ईमरजिन्सी, प्लाष्टर लगाएतका कार्य हुदै आएका छन् ।
सल्यान अस्पतालमा ,सल्यान, पश्चिम रुुकम र पूर्वि रुकुम, रोल्पाका जनता सेवा लिदै आइरहेका छन् । लकडाउन पश्चात पनि अस्पतालमा दैनिक ५० देखि ७५ जना सम्म विरामीले सेवा लिएको अस्पतालले जनाएको छ ।