logo
२०८१ मंसिर ९ आईतवार



सनसिटीमा कोरोना परीक्षण सुरु, दुईसयको जाँच गरिदै

स्वास्थ्य |


सनसिटीमा कोरोना परीक्षण सुरु, दुईसयको जाँच गरिदै
तस्बिर साैजन्यः कृष्णहरि थापा


नगेन्द्र सापकोटा
काठमाडौँ, वैशाख ३ गते । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा भित्र बस्ने सबैको स्वाब नमूना सङ्कलन गरी धमाधम परिक्षण गर्ने काम भइरहेको छ ।
बुधवार  दुईसय जनाको स्वाब सङ्कन गरी परिक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो
उहाँका अनुसार अपाटमेन्टभित्र तीनवटा टेवुल राखी शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले उहाँहरुको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको हो । त्यसमा आवश्यक समन्वय नगरपालिकाले गरिरहेको छ ।
अपाटमेन्टमा भित्र बस्ने एक हजार ८९ जना आफैं सम्पर्कमा आएका बाँकी १२ सयदेखि १३ सय जना जति छन उहाँहरुको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी गरिएको छ ।
आज दुई सय जनाको स्वाबको नतिजा नेगिटिभ वा पोजिटिभ के आउँछ त्यसको आधारमा परीक्षण कार्यलाई थप तिब्रता दिने योजना भएको नगर प्रमुख थापाले बताउनुभयो ।
सोमवार उक्त अपामेन्टमा बस्ने तीनजनालाई कोरोना भाइरसको सङ्क्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले अपामेन्टलाई सिल गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?