logo
२०८१ मंसिर ९ आईतवार



सनसिटीमा यसरी हुँदै छ काेराेना परीक्षण (फाेटाे फिचर)

स्वास्थ्य |


सनसिटीमा  यसरी हुँदै छ काेराेना परीक्षण (फाेटाे फिचर)
तस्बिर साैजन्यः कृष्णहरि थापा


गाेरखापत्र अनलाइन 

काठमाडाैं, बैशाख ३ गते ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा  बस्ने एकै पिरवारका दुइ जनामा काेराेना संक्रमण देखिए पछि नमूना सङ्कलन गरी धमाधम परीक्षण गर्ने काम भइरहेको छ ।

बुधवार २०० जनाको स्वाब सङ्कन गरी परीक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अपाटमेन्टभित्र तीनवटा टेवुल राखी शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले उहाँहरुको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको हो । त्यसमा आवश्यक समन्वय नगरपालिकाले गरिरहेको छ ।

अपाटमेन्टमा भित्र बस्ने एक हजार ८९ जना आफैं सम्पर्कमा आएका बाँकी १२ सयदेखि १३ सय जना जति छन उहाँहरुको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी गरिएको छ । कसरी काम भइरहेकाे छ त तस्बीरमा मा हेर्नुहाेस् । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?