logo
२०८१ मंसिर ८ शनिवार

 इतिहासका माहामारी र कोभिड १९ 



११० वर्ष अघि प्लेग रेलबाट फैलियाे, काेराेना प्लेनबाट

स्वास्थ्य |


११० वर्ष अघि प्लेग रेलबाट फैलियाे, काेराेना प्लेनबाट


इश्वरचन्द्र झा
काठमाडौं, वैशाख ९ गते । सन् १९११ मा चीनमा एक घातक प्रकोप देखा पर्यो । र उक्त प्रकोप महामारीको रुप लिने जोखिम बढ्यो । जङ्गली जनावरको ब्यापारसँग सम्बन्धित रहेको बताइयो तर सुनिश्चित हुन सकेन ।
संक्रमण रोक्न बन्दाबन्दी, क्वारेन्टाइन, माश्क लगाउने, यात्रा प्रतिबन्ध र सीमा नियन्त्रण तथा सामूहिक दाहसंस्कार गरियो । यद्दपी उत्तरी चीनमा ६० हजार व्यक्तिको मृत्यु भयो । जुन तात्कालीन समयमा प्रकोपबाट भएको सबैभन्दा ठूलो मानवीय क्षति थियो ।
रोगको प्रकोप नियन्त्रणमा आएपछि चिनियाँ सरकारले उत्तरी चीनको शेङयाङ् शहरमा अन्तर्राष्ट्रिय प्लेग सम्मेलनको आयोजना गर्यो । शेङयाङ् प्रकोपको केन्द्रबिन्दु थियो । सम्मेलनमा विश्वका तात्कालीन प्रमुख शक्ति राष्ट्रहरु संयुक्त राज्य अमेरिका, जापान, रुस, बेलायत र फ्रान्सका भाइरस विज्ञ, ब्याक्टेरिया विज्ञ, संक्रामक रोग तथा अन्य रोग विशेषज्ञहरुको सहभागिता रहेको थियो ।
प्रकोपको कारण पत्ता लगाउनु उक्त सम्मेलनको प्रमुख उद्देश्य थियो । प्रकोपको जोखिम न्यूनीकरण गर्न अपनाइएको प्रभावकारी प्रविधि, रोग टाढासम्म फैल्ने कारण र दोस्रो पटक संक्रमण देखिएमा अपनाउन सकिने सतर्कताबारे लामो छलफल चल्यो । सम्मेलनले निचोडसहितको ठूलो उपलब्धि ल्याउन नसके पनि प्रकोपले दिएको शिक्षा र आगामी दिनका लागि थुप्रै सिकाइहरु दियो ।
विश्व यतिबेला विश्वब्यापी महामारीको सामना गरिरहेको छ । र विश्वब्यापी समन्वय र राजनीतिक नेतृत्वहरुबीच बहुपक्षीय प्रयासको अभाव देखिएको बेला चीनमा सन् १९११ मा गरिएको समन्वयात्मक सम्मेलनको चर्चा गरिनु सान्दर्भिक र महत्वपूर्ण हुनेछ ।
विश्व स्वास्थ्य संगठनको भूमिकामाथि सबाल उठाइएको छ । कतिपय राष्ट्र विश्व स्वास्थ्य संगठनको भूमिकालाई लिएर रिसाएका छन् । यद्दपी महामारीको बेला भने संगठनको भूमिका अझै महत्वपूर्ण हुने र संगठनसँगै उभिएको सन्देशहरु प्रवाह गरिएको छ । ठूला एवम् शक्ति राष्ट्रहरु थलिएका छन् । स्रोतसाधन परिचालन गर्न र व्यवस्थापन गर्न स्पर्धामा छन् । गरीब राष्ट्रहरु आ आफ्नै क्षमता र साधनमा बाध्य भएर बस्नुपरेको छ । र सन् १९११ को अपेक्षा हामी यतिबेला ध्रुबीकृत र विभाजित विश्वमा छौं ।
मार्मस र प्लेग
द् ग्रेट मैनचुरियन प्लेग उत्तरी चीनमा सन् १९१० मा देखा पर्यो । १९१० को शरद् ऋतुमा सुरु भएको प्रकोपले सन् १९११ सम्म करिब ६३ हजार व्यक्तिको मृत्यु भइसकेको थियो । उत्तरपूर्वी शहर हरबिनसम्म पुग्दा प्रकोपले अन्तर्राष्ट्रिय अखबारको प्रमुख समाचार बनिसकेको थियो । हरबिन शहर हाल हैलङजङ प्रान्तमा पर्छ ।
मनचुरियाको नामले परिचित हरबिन जनघनत्व अत्यन्तै बढी भएको र त्यत्तिबेला चिनियाँ, जापानी र रुसी प्रभावको क्षेत्र अन्तगर्त पथ्र्यो । अधिकांश भूभागमा चिनियाँ सरकारको शासन चल्थ्यो । बन्दरगाह क्षेत्रमाथि जापानको नियन्त्रण थियो । रुसले मनचुरिया रेल्वे सञ्चालन गरेको थियो ।
हरबिन अन्तर्राष्ट्रिय शहर थियो । जहाँ चिनियाँ पूर्वी रेल्वेका लागि भारी संख्यामा रहेका रुसीले काम गथ्र्ये । हरबिन शहरको चिनियाँ पूर्वी रेल्वेलाई तेस्रो साइबेरियन रेल्वे हुँदै जापान नियन्त्रित बन्दरगाहसम्म जोडथ्यो । रेल्वेले जोडिएको हरबिन शहरमा भारी संख्यामा जापानी, अमेरिकी र यूरोपेलीहरु ब्यापार गर्थे । त्यत्तिबेला सञ्चालन गरिएको ब्यापारमध्ये भुवा पनि एक थियो । र भुवा उद्दोगबाट नै रोगको प्रकोप सुरु भएको हुनसक्ने अनुमान गरिन्छ ।
प्लेग प्रकोपको मुख्य कारणबारे अझै स्पष्ट छैन् । तर चिनियाँ–रुसी सीमा नजिकको मंगोलियन शहर मञ्जाउलीस्थित रुसी चिकित्सकहरुले रोगको लक्षण भयावह रहेको बताएका थिए । सुरुमा ज्वरोसँगै खोकीमा रगतका छिटा आउने लक्षण देखिएको उनीहरुले जनाएका थिए । मञ्जाउलीमा मृत शरीर गल्लीमा छोडिएको र चिनियाँ पूर्वी रेल्वेको डब्बालाई क्वारेन्टाइन वार्डमा परिणत गरिएको थियो ।
यतिबेला हवाई यात्राले भाइरसको संक्रमण चीनदेखि अमेरिका र यूरोपसम्म फैलिएको छ । त्यत्तिबेला भने रेल्वे यात्राले भाइरसको संक्रमण फैलिएको थियो । प्लेगको लक्षण त्यत्तिबेलाको प्रमुख रेल्वे टर्मिनल हुँदै फैलिएको थियो । तेञ्जिन, वेइजिङ रेल्वे हुँदै वुहानसम्म निमोनियाको लक्षण रहेको प्लेगको संक्रमण फैलिएको थियो ।
मञ्जाउलीबाट करिब दुई हजार माइल टाढा रहेको सांघाइ शहरसम्म प्लेगको संक्रमण पुग्न सफल भयो । संक्रमणको जोखिम न्यूनीकरण गर्न सांघाइ शहर त्यत्तिबेला लकडाउन गरिएको थियो । हरबिनको झुपडपट्टीमा बिस्तारै रोगको प्रकोप फैलिन थाल्यो । ८ नोभेम्बर, १९१० सम्म हरबिनमा मृतकको संख्या पाँच हजार २७२ पुग्यो ।
प्रकोपको प्रभाव तीब्र हुँदै गयो । उपभोग्य सामग्री पुर्याउन अवरोधहरु थपिए । क्वारेन्टाइन केन्द्रहरु निर्माण गरियो । मालवाहक रेल्वेको डब्बा क्वारेन्टाइन केन्द्रको रुपमा परिणत भए । मृतकको आफन्त र भुवाको ब्यापारमा संलग्नहरु क्वारेन्टाइनमा बसे । पाँचदेखि दश दिनसम्म क्वारेन्टाइनमा बसेपछि लक्षण नदेखिएको अवस्थामा घडी आकारको काँच हातमा बाँधिन्थ्यो । जसले प्लेगमुक्त रहेको संकेत गथ्र्यो । मृत्युदर शत प्रतिशत रहेकोले प्लेग लागेकालाई रेल्वेको बुगिसहित सामूहिक संस्कार गरिन्थ्यो ।
प्रकोप नियन्त्रणका लागि चिनियाँ अधिकारीहरुले मलेसियाली मूलका चिनियाँ चिकित्सक वु लेन–तेलाई जिम्मेवारी सुम्पेका थिए । चिकित्सक वुले पोष्टमार्टम गरेर निमोनिक प्लेगबाट मृत्यु भएको सुनिश्चित गर्नुभएको थियो । चीनले सन् १९११ को सुरुवातमै चिकित्सक र संक्रामक रोग विशेषज्ञलाई हर्बिन शहरमा परिचालन गर्यो । जनवरी ३० मा चिनियाँ नयाँ वर्षमा प्रवासीहरुको चीन यात्रालाई रोक्न नसकिने ठम्याउँदै त्यत्तिबेला हर्बिन शहरमा चिकित्सक परिचालन गरियो ।
कतिपय अवस्थामा नियन्त्रण प्रयास अत्यन्तै डरलाग्दो हुन्थ्यो । बस्दै आएको घरमा प्लेगको संक्रमित फेला परे जलाइन्थ्यो । यद्दपी वु को प्लेग विरुद्धको सावधानीहरु काम लाग्यो । सफा क्षेत्र, क्वारेन्टाइन, लकडाउन, आइसोलेश, यात्रा प्रतिबन्ध र माश्क लगाउने कार्यहरु कार्यान्वयनमा ल्याइयो । र हर्बिनमा जनवरी अन्त्यसम्म संक्रमण दर अत्यन्तै घटेर आयो ।
तर संक्रमण भने रेल्वेलाइन हुँदै अन्यत्र फैलिसकेको थियो । सन् १९११ को जनवरी अन्त्यसम्म शेनयाङ शहरमा दुई हजार ५७१ जनाको मृत्यु भयो । शेनयाङमा पनि प्रतिबन्ध तथा सावधानीका उपायहरु अबलम्बन गर्न सुरु गरियो । संक्रमण दर घटेर गयो । तर रेल्वेलाइन अझै टाढासम्म रहेकोले संक्रमण प्रमुख बन्दरगाह रहेको डलिन नजिकको शहरहरुसम्ममा समेत संक्रमित फेला पर्न सुरु भयो ।
शहरमा एकैपटक रेल यात्रु र जहाज यात्रुको परीक्षण कार्य सुरु गरियो । डलिनलाई संक्रमित हुनबाट जोगाउन रेल सेवालाई शहरभन्दा टाढै रोकियो र बन्द गरियो । छिटफुट रुपमा संक्रमित फेला परेपनि त्यत्तिबेलासम्म संक्रमण भने रोकिसकेको थियो । र अन्तिम चरणको सामूहिक संस्करण गरियो । प्लेगको कारण, संक्रमण रोक्न अपनाइएको सावधानीबारे बहस गर्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने साइत त्यत्तिबेला जुर्यो ।
विश्व शक्ति राष्ट्रहरुको उक्त क्षेत्रमा प्रभुत्वका बीच चीनका लागि अन्तर्राष्ट्रिय सम्मेलन डाक्नु जोखिमपूर्ण थियो । उक्त सम्मेलनबाट नै प्रकोपका बीच चीनले देखाएको ठूलो योगदान र साहासको चर्चा अझै गरिन्छ । र सम्मेलनका विशेषज्ञ सहभागीहरुले वैज्ञानिक अनुसन्धान नै सम्मेलनको प्राथमिक उद्देश्य रहेको बताएका थिए । न की बाहिरबाट चीनमाथि थप नियन्त्रण गर्ने अभिप्राय ।
अप्रिल ३, १९११ मा शेनयाङको शाओ हो येन दरबारलाई मध्यरातमै सम्मेलन स्थलको रुपमा परिणत गरियो । बैठक कक्ष, प्रयोगशाला, आवासीय सुविधासहितको सम्मेलन स्थल तयार गरियो । विश्वका चर्चित अनुसन्धान प्रतिष्ठानमा आबद्ध इटाली, मेक्सिको, जर्मनी, अष्ट्रिया–हंगेरीले पनि आ आफ्नो विज्ञ पठाएको थियो ।
सम्मेलनमा लक्षण नदेखिएपनि संक्रमण फैलने जोखिम, सुपर ‘स्प्रेडर’, ब्याक्टेरिया मिश्रित खाना पस्किने जस्ता अफवाहमाथि पनि छलफल भयो । तर संक्रमणलाई रोक्ने उपाय अबलम्बन गरिनु नै उक्त सम्मेलनको मख्य सन्देश थियो । आकस्मिक क्वारेन्टाइन, यात्रा प्रतिबन्ध, माश्क लगाइनु जस्ता सावधानीका उपाय अपनाएर प्लेगमाथि नियन्त्रण गर्न सफल भएको सम्मेलनको मुख्य निचोड भएर आयो ।
सन् १९११ को अप्रिल २८ मा सम्मेलन सम्पन्न भयो । समापन समारोहमा चिकित्सक वुले आफ्नो भनाइ राख्नुभएको थियो । वुले चीनलाई सुरक्षित बनाउन चिकित्सा अध्ययन प्रभावकारी बनाउने बताउनुभयो ।
विश्वब्यापी प्रतिक्रिया
विश्व स्वास्थ्य संगठन थिएन । संक्रमण रोक्न प्रत्येक राष्ट्रको आ आफ्नै दायित्व थियो । शेनयाङको विश्वब्यापी सम्मेलनमा राजनीतिज्ञहरु थिएनन । सहभागीहरु सबै विज्ञ, अनुसन्धानकत्र्ता र वैज्ञानिक थिए । वैज्ञानिकहरुले विश्वब्यापी स्वास्थ्य संगठनको औचित्यमाथि छलफल चलाए ।
पहिलो विश्व युद्ध पछि सन् १९११ मा पेरिस शान्ति सम्मेलनको पूर्वसन्ध्यामा लिग अफ नेशन्सको गठन भयो । चिकित्साशास्त्रका विज्ञहरु सम्मिलित ब्यूरो गठन गरेर लिगले स्वास्थ्य क्षेत्रमा काम गर्न सुरु गर्यो । ब्यूरोले कुष्ठरोग, मलेरिया उन्मूलनमा केन्द्रित भयो । युद्धकै समयमा चीनमा प्रकोपको रुपमा देखापरेको टाइफाइड, झाडापखाला नियन्त्रणका लागि सहयोग गर्यो । रुसमा टाइफसको प्रकोपलाई फैल्न नदिन सावधानी अपनाउन सहयोग गर्यो ।
दोस्रो विश्वयुद्ध पछि संयुक्त राष्ट्र संघको गठनसँगै विश्व स्वास्थ्य संगठनको जन्म भएको हो । प्लेगको प्रकोप चीन, मंगोलिया र रुसबाहिर संवेदनशील भएर फैलिन नसक्नुको एउटै कारण थियो । डलिनस्थित बन्दरगाहमा ताल्चा लगाइएको नभए उक्त प्रकोप बन्दरगाह हुँदै जापान, कोरिया, हङकङसहित एशिया हुँदै विश्वका अन्य राष्ट्रमा फैलन सक्थ्यो ।
करिब ११० वर्ष अगाडि चीनमा अपनाइएको सतर्कताका उपायहरु अझै कार्यान्वयनमा छन् । विश्वब्यापी महामारीका बीच उक्त सतर्कताले नै कोरोनाभाइरस संक्रमण रोकिने देखिन्छ । औषधि र उपचार त्यत्तिबेला पनि थिएन । ११० वर्षपछि पनि सम्भव भएको छैन् ।
त्यत्तिबेला चीनसँगै विश्व समुदाय संक्रमण रोक्न र प्लगेको संक्रमणबाट सिक्न एकै ठाउँमा उभिएको थियो । तर यतिबेला भने विश्वका शक्ति राष्ट्रहरु विभाजित छन् । विश्वब्यापी स्वास्थ्य संकटकाल र महामारीका बीच संयुक्त राज्य अमेरिका, चीन, यूरोपेली राष्ट्र र जापान कसैले पनि समन्वय गरी एकजुट भएर अगाडि बढ्ने इच्छा र जिज्ञासा गरेको देखिन्न ।
(सीएनएनका लागि पौल फ्रेञ्चले तयार गर्नुभएको रिर्पोटको अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?