सरोज ढुङेल
काठमाडौं, बैशाख १० गते । नेपालमा तेस्रो कोरोना संक्रमित धादिङका युवक आज टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हनुहुने भएकाे छ ।
उहाँको तेस्रो र चौथो स्वब परीक्षण नेगेटिभ आए पछि उहाँलाई आजै डिस्चार्ज गर्न लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो ।
संक्रमित धादिङ घर भएका ती युवक सारजाह एयरपोर्ट हुँदै एयर अरेबियाको उडानबाट काठमाडौं आउनु भएकाे थियाे । उहाँ मार्च १९ तारिख (चैत ६) गते एयर अरेबियाको उडान नम्बर जी९५३७ बाट राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएकाे थियाे । उहाँकाे स्वास्थ्यमा समस्या अए पछि स्वास्थ्य जाँच गर्ने क्रममा चैत ११ गते उनमा काेराेना संक्रमण भएकाे थाहा भएकाे थियाे ।
उहाँको डिस्चार्ज सँगै कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ६ पुग्ने छ ।