logo
२०८१ असोज ६ आईतवार



संक्रमितको स्वाब संकलनमा जुटेका विश्व स्वास्थ्य संगठनका चालक मारिए

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


संक्रमितको स्वाब संकलनमा जुटेका विश्व स्वास्थ्य संगठनका चालक मारिए


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १० गते । म्यानमारमा कोरोनाभाइरस संक्रमितको स्वाब संकलनमा जुटेका विश्व स्वास्थ्य संगठनको चालक मारिएका छन् । विश्व स्वास्थ्य संगठनले प्यै सोन विन मौङ मारिएको प्रष्ट्याएको छ ।
म्यानमारको उत्तर पश्चिमी राज्य रखिनेस्थित मिन्ब्या शहरमा सोमबार स्वाब संकलन गर्न गएको विश्व स्वास्थ्य संगठनको जिपमाथि बन्दूक प्रहार गरिएको थियो । विश्व स्वास्थ्य संथठनले घाइते चालक मौङको सोमबार मृत्यु भएको र अर्को एकजना सरकारी अधिकारी गम्भिर घाइते भएको जनाएको छ ।
वैश्विक महामारीका बीच संक्रमण रोक्ने प्रयासका लागि योगदानमा जुटेका जुनसुकै व्यक्तिमाथि यसप्रकारको आक्रमणको स्वास्थ्य संगठनले निन्दा गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एशियाका निर्देशक पूनम खेत्रपाल सिंहले शारीरिक, शाब्दिक वा मनोवैज्ञानिक जुनसुकै आक्रमणको संगठन निन्दा गरेको प्रतिक्रिया दिनुभयो ।
संयुक्त राष्ट्र संघले पनि उक्त घटनाको निन्दा गरेको सीएनएनले उल्लेख गरेको छ । पीटीआईले भने विद्रोही समूहले विश्व स्वास्थ्य संगठनको जिपमाथि आक्रमण गरेको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?