logo
२०८१ मंसिर ९ आईतवार



ट्रेसिङका लागि छुट्टै टोली

स्वास्थ्य |
मुख्य समाचार |


ट्रेसिङका लागि छुट्टै टोली


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १३ गते । सरकारले कोरोना भाइरस सङ्क्रमणलाई रोक्न ट्रेसिङका लागि खटिन छुट्टै टोलीको व्यवस्था गरेको छ । कोरोना भाइरस रोकथामलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी, पारामेडिक्स, नर्स गरी तीन जनाको टोली बनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँचवटा टिम परिचालन गरिने बताउनुभयो ।
उहाँले कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरू बढिरहेको भन्दै त्योसँगै ट्रेसिङ पनि समूह बनाएर ट्रेसिङलाई व्यवस्थित गरेको बताउनुभयो । उहाँले १२ हजार ९८५ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो । देवकोटाका अनुसार, काठमाडौँमा तीन र बाहिर ८६ गरी ८९ जना अलग्गै राखिएको छ ।
प्रवक्ता देवकोटाका अनुसार हालसम्म पीसीआरबाट नौ हजार ४०७ र आरडीटीबाट ३८ हजार ८९ जनाको परीक्षण भएको छ । हालसम्म ४८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने १० जना सङ्क्रमित उपचारपछि घर फर्किसकेका छन् । यसैबीच शुक्रबार झापामा थप एक जनामा कोरोना भाइरस देखिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ६२ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?