logo
२०८१ मंसिर ९ आईतवार



युवा वैज्ञानिकले बनाए पाँच सेकेण्डमा शरीरभरी छर्कन मिल्ने अटोमेटिक सेनिटाईज टनेल

स्वास्थ्य |
फिचर |


युवा वैज्ञानिकले बनाए पाँच सेकेण्डमा शरीरभरी छर्कन मिल्ने अटोमेटिक सेनिटाईज टनेल


अमरराज नहर्की
तनहुँ, वैशाख १६ गते । तनहुँका एक युवा वैज्ञानिकले दमौली अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न बुथ तथा शरिर सेनिटाइज गर्न अटोमेटिक सेनिटाईज टनेल निमार्ण गर्नु भएको छ । दमौली निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित विकल्प ढुङ्गानाले निर्माण गर्नुभएको हो ।
साबुन पानी र सेनिटाईजरले हात धुँदा हात रहेको कोरोना भाईरस मात्रै नष्ट हुन्छ अन्य भागमा पैmलिएको मर्दैन त्यसैले पाँच सेकेन्डमा शरिरको बाहिरी भाग सेनिटाईज हुने गरी अटोमेटिक सेनिटाईज टनेल निमार्ण गरेको हुँ ।’ ढुङ्गानाले भन्नुभयो । घरमा गरेको परिक्षण सफल भएपछि अस्पतालमा निमार्ण गरेको उहाँले जानकारी दिनुभयो । टनेल ३० देखि ३५ हजार रुपैयाँ खर्चमा निमार्ण गर्न सकिने वैज्ञानिक ढुङ्गानाले जानकारी दिनुभयो ।

अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मी, कर्मचारी, विरामी लगायतलाई कोरोना भाईरस सर्नबाट जोगाउन युवा वैज्ञानिक ढुङ्गानालाई बुथ निमार्ण गर्न लगाएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले गोरखापत्रलाई जानकारी दिनुभयो ।

बाहिरबाट हावाछिर्न नसक्ने गरी बनाइएको बुथभित्र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा कवज (पिपिइ) नलगाइकन पनि कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाबसङ्कलन गर्न सक्ने उहाँले जानकारी दिनुभयो । स्वाब सङ्कलनका लागि बुथ सुरक्षित रहेको भन्दै ढुङ्गानाले भन्नुभयो, “व्यक्तिगतसुरक्षा कवज (पिपिइ) को अभावहुँदा पनि बुथभित्र बसेर स्वास्थ्यकर्मीले ढुक्कसँग स्वाब संकलन गर्न सक्छन् । ’ बुथ निर्माण भएपछि कोभिड–१९ का शङ्कास्पद बिरामीको सुरक्षित तरिकाले स्वाब सङ्कलन गर्न मद्धत पुगेकोले काम गर्न सहज भएको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको छ । मङ्गलबार सम्ममा १८ जनाको स्वाब परीक्षण भइसकेको ति सबैको नजिता नेगेटिभ भएको अस्पतालले जनाएको छ ।

अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । अस्पताल प्रवेशगर्नु अघि र बाहिर निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज गर्ने व्यवस्था गरिएको छ । दमौली अस्पतालमा उपचारको लागि आउनु भएकी ८१ वर्षिय मिठुमाया चदौलाले हालै स्वचालित टनेलमा प्रवेश गरी शरिर सेनिटाईज गरी उद्घाटन गर्नु भएको थियो ।

बाल्यकाल देखि नै विज्ञान प्रविधिसँग जोडिनु भएका ढुङ्गानाले दमौली स्थित व्यास गुफामा धुप बाल्दा भजन बज्ने प्रविधि पनि जडान गर्नुभएको छ । दुर्घटना न्युनिकरणको लागि हेल्मेट नलगाई मोटरसाइकल स्टार्ट नहुने प्रविधि पनि विकास गर्नु भएको छ ।

उहाँले सोलारबाट चल्ने स्कुटरको समेत विकास गर्नुभएको छ । विद्यालयमा अध्ययन गर्दाको समयमा नै विद्युतीय डोजर, फुटबल खेल्ने रोबोट,जमिन, पानी र आकाशमा चल्नेगाडी, घाँस काट्ने रोबोट, हेलिकोप्टर, केवलकारको नमूना, ¥यापिड बम डिस्फोजल रोबोट निर्माण गर्नुभएको थियो । विज्ञान र प्रविधि क्षेत्रमा योगदान पु¥याए बापत यसै वर्ष राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नु भएको थियो । यसैगरी ढुङ्गानाले २०७३ सालमा युवा प्रतिभा पुरस्कार पनि प्राप्त गर्नु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?