logo
२०८१ मंसिर ९ आईतवार



थप तीन जनामा सङ्क्रमण, ५७ पुगे सङ्क्रमित   

स्वास्थ्य |


थप तीन जनामा सङ्क्रमण, ५७ पुगे सङ्क्रमित   


 काठमाडौँ, १वैशाख १७ गते ।  सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइयाे  
 आज थप तीन जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । 

नाेट ः यस अघि राष्टिय समाचार समितिले पठाएकाे समाचारमा भूलबस चार जनामा संक्रमण भएकाे भन्ने समाचार सम्प्रेषण भएकाे भनि साे समितिले भूलसुधार गरेकाेले यसबाट पाठक वर्गमा पर्न गएकाे असुविधकाका लागि क्षमापार्थी छाै ः सम्पादक 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?