logo
२०८१ बैशाख २९ शनिवार

 कोभिड १९ विरुद्ध लडने विश्चका अग्रणी महिलाको कथा 



छोराछोरी अँगाल्ने र बाबुआमा भेट्ने कुरा त्याग गरेको छु

स्वास्थ्य |
समाज |


छोराछोरी अँगाल्ने र बाबुआमा भेट्ने कुरा त्याग गरेको छु
डा.रूना झा


इश्वरचन्द्र झा
काठमाडौं, वैशाख २० गते । कोभिड–१९ को संकटका बीच महिलाको जनजिवनमा विश्वभरि नै बदलाब हुँदैछ । कतिपयको काम र आफ्नो व्यक्तिगत् जिवन भने ठप्प छ, अधिकांशमा तनाब र नयाँ चुनौति थपिएका छन् । यद्दपी कोभिड–१९ विरुद्ध लड्न विश्वका दशौं लाख महिला सामुने आएर अनिवार्य शक्तिको रुपमा परिचालित छन् ।
विश्वब्यापी रुपमा स्वास्थ्य र सामाजिक सेवा क्षेत्रमा महिला श्रमिकको संख्या अत्याधिक छन् । कृषि क्षेत्रमा प्रत्येक तीन जना महिलामा एकजना कार्यरत छन् । घरेलु काममा भने श्रम वापत् कुनै भुक्तानी नै नलिई पुरुषको भन्दा तीन गुणाबढी काम गर्छन् । खेतीपातीदेखि पहिलो प्रतिक्रिया जनाउने सेवा क्षेत्रसम्म र कोभिड–१९ रुपी महामारीको बेला महिलाले आफ्नो समुदायलाई सुरक्षित र सहज बनाउन भारी संख्यामा परिचालित छन् ।
संयुक्त राष्ट्र संघले काममा सुरक्षा र स्वास्थ्य सम्बन्धी विश्व दिवसको अवसरमा अग्रपंक्तिका पाँचजना महिलाको कथा समेटिएको छ । संयुक्त राष्ट्र संघले उहाँहरुको भूमिका र योगदानलाई ध्यानमा राखेर कोभिड–१९ को महामारीका बीच अग्रपंक्तिमा खटिने पाँचजना महिलालाई सूचीकृत गरेको छ । जसमा नेपाली एक महिला समेत अटाउनुभएको छ । विश्वका पाँच महिलामध्ये एकजना नेपाली पर्नु उहाँको लागि मात्रै नभई सिंगो राष्ट्र र विश्व समुदायको लागि प्रेरणादायी बनेको छ ।
१. जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. रुना झा
संयुक्त राष्ट्र संघले सूचीकृत गरेको महिलाको सूचीमा पर्नुहुने व्यक्तित्व हुनुहुन्छ, डा. रुना झा । जनस्वास्थ्य प्रयोगशाला, टेकुका प्रमुख प्याथोलोजिस्ट रहनुभएका उहाँ उक्त प्रयोगशालाका निर्देशक समेत हुनुहुन्छ । जनस्वास्थ्य प्रयोगशाला, टेकु नेपालमा सरकारी स्तरको एक मात्र आधिकारिक प्रयोगशाला हो । डा. रुना झा सम्मिलित टोलीले दैनिकरुपमा ७० वटा कोभिड–१९ संक्रमणको परीक्षण गर्दै आएको छ । अनियमित अन्तरालमा आउने नमूना परीक्षणका लागि घडीको सुईले दिने समयको अनिश्चितताका बावजूद उहाँ परीक्षण र परिचालनमा संलग्न हुनुहुन्छ ।
“अबेरसम्म ल्याबमा बस्नु सामान्य भएको छ ।” भन्नुहुँदै उहाँ थप्नुहुन्छ – प्राविधिक कार्य अतिरिक्त मैले मेरो टोलीका सदस्यहरुको परिचालन, खाना र यातायातको व्यवस्था समेत हेर्नुपरेको छ । आफ्नो टोलीको निगरानी र हेरचाह गर्नु डा. रुणा झाका लागि प्राथमिक विषय हो । यो जम्मै फेब्रुअरी महिनाको बीचबाट सुरु भएको हो । चीनको वुहानबाट १७५ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्काइदा आवासीय सुविधासहितको क्वारेन्टाइनमा प्रवेश गर्ने उहाँको टोली पहिलो हो ।
“मेरो टोलीले नमूना संकलन गर्न कुनै हिच्किचाहट देखाएन, सबैजना तयार अवस्थामा थिए ।”– उहाँले समूहगत् कार्यबारे प्रष्ट्याउनुहुन्छ । रातभरि काम गरेर १७५ जनाको नमूना संकलन गरेको उहाँ बताउनुहुन्छ ।
महामारी सुरु भएको महिनौ बितेको छ । डा. झासहितको टोलीले आफ्नो अधिकत्तम योगदानलाई निरन्तरता दिनुभएको छ । कार्यरत स्वास्थ्य अधिकारीको नैतिकता र आत्मबललाई उच्च राख्नु महत्वपूर्ण भएको उहाँ बताउनुहुन्छ । “हाम्रो लागि यो अत्यन्तै कठीन समय हो, मैले सबैलाई उच्च आत्मबल बनाउन प्रयासरत हुन्छु । मैले भनेको हुन्छ, तपाईहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो ।”
कामको माग डा. झाका लागि समेत चुनौतीपूर्ण छ । संक्रमण फैल्न सक्ने जोखिमले उहाँ आफ्नो छोरी र श्रीमानसँग छुट्टिएर एक्लै बस्नुभएको छ । सातामा तीनपटक हेरचाह गर्न जाने आफ्नो बुवाआमालाई समेत हाल उहाँ भेटन सक्नुहुन्न ।
“मैले मेरो छोरीलाई अँगाल्न र बुवाआमा हेरचाह गर्ने इच्छा छ तर उहाँहरुसँगै सर्वसाधारणलाई सुरक्षित राख्न त्याग आवश्यक हुन गएको छ ।”– आफ्नो बाध्यताबारे उहाँ तर्क गर्नुहुन्छ ।
२. जोर्डनमा अन्वेषणात्मक प्रविधि प्रयोगमा ल्याएर महिला सुरक्षित
अमाल अल महायरा र हदील दबैबेह संकटमा प्रतिक्रिया जनाउन राम्ररी परिचित हुनुहुन्छ । संयुक्त राष्ट्र संघको महिला फिल्ड सहायकको रुपम कार्यरत दुबैजनाले जोखिममा रहेका जोर्डन र सिरियाबाट आएका शरणार्थीमा जिवन रक्षाका उपाय र अत्यावश्यक सेवामा संलग्न हुनुहुन्छ । तर कोरोनाभाइरसको महामारीले दुबैजनालाई घर नजिक पुर्याएका छन् । मुठीमा मोबाइल राखेर दुबैजना यात्रा गर्ने समूह देखि समुदायिक केन्द्रसम्म पुग्नुभएको छ ।
आफ्नो डेस्कमा बसेर अमालले दक्षिणी जोर्डनको इन अल्बैदाका एक ५४ वर्षीय महिला सिहाम अल्क्तामीनलाई फोन गर्नुभयो । फोनमा उहाँले सिहामलाई आफूसँग उपलब्ध जानकारीको आधारमा सल्लाहसँगै कोभिड–१९ बाट बच्ने उपाय र प्रदान गरिने बारे अवगत् गराउनुभयो ।
कोभिड–१९को प्रकोप सुरु भए यता संयुक्त राष्ट्र संघले उपलब्ध गराएको सेवा, स्रोत साधनबारे जानकारी पाउने सिहम ८०० औं महिला हुनुहुन्छ । जोर्डनमा प्रकोप सुरु भएपछि शरणार्थीसँगै जोखिममा रहेका महिलालाई प्रविधिबाट दिइने सहयोग डिजिटल प्रविधि अनिवार्य उपकरणको रुपमा काम गरेको छ ।


३. जनसेवाका लागि चिनियाँ ग्रामीण क्षेत्रमा यानको पाइला
यान शेन्लियान उत्तरपश्चिमी चीनको किन्घई प्रान्तको आफ्नो दुर्गम गाउँ जिआरुयाओमा परीक्षण केन्द्रका पछाडि गर्वका साथ उभिनुभएको छ ।
गाउँ छोड्ने र गाउँ भित्रिने व्यक्तिमा उहाँ शरीरको तापक्रम र सबारीको जानकारीको तथ्याङ्क लेख्नुहुन्छ । उहाँको कत्र्तब्यले कोरोनाभाइरसको संक्रमण फैल्नबाट रोक्न सघाउ पुगेको छ तर उहाँका लागि उक्त कार्य भने नौलो छ । चीनमा कोभिड–१९ विरुद्ध लड्न अन्य थुप्रै महिला झैं जनस्वास्थ्य पृष्ठभूमिबाट आउनुभएको छैन् ।
संयुक्त राष्ट्र संघको महिला सशक्तिकरण कार्यक्रम अन्तगर्त यानले सुगुरलाई कसरी हुर्काउने सम्बन्धी प्रशिक्षण लिनुभयो । लगत्तै उहाँ गाईवस्तुलाई कसरी अनलाइन खरिदबिक्रि गर्ने सम्बन्धमा पोख्त हुनुभयो । र त्यस लगत्तै नेतृत्व गर्ने प्रशिक्षण लिनुभयो ।
समुदायका पुरुषले प्रशिक्षण लिने अग्रसरता नदेखाएपनि मैले गरेकोबाट सिक्न आतुर देखिएको उहाँ बताउनुहुन्छ । आफ्नो सफलता र अग्रसरताले समुदायकै अरु महिलाका लागि समेत अवसरको ढोका खोलेको उहाँ बताउनुहुन्छ । समुदायमा स्वयंसेवकको रुपमा काम गर्ने र किसान गरी आफ्नो दुबै भूमिकामा उहाँले जटील सेवामा समुदायमा योगदान दिनुभएको छ ।


४. कजाख्स्तानकी डीना स्मैलोभा
क्वारेन्टाइनभन्दा अघि नेमोल्ची अभियानले सञ्चालन गरेको हेल्पलाइनमा यौनिक हिंसासित सम्बन्धित अधिकांश गुनासोहरु आयो । तर अब भने दैनिक रुपमा दशदेखि १५ वा गुनासो आउँछन् । सबै घरेलु हिंसासँग सम्बन्धित ।
कोरोनभाइरस संक्रमणको जोखिमबाट बच्न अधिकांश व्यक्ति घरमै हुँदा महिला विरुद्धको हिंसाका घटना बढेका छन् । र पीडित महिलाले प्रहरीमा ऊजुरी गर्न धाक मानेका छन् । सिंगो घरमा परिवारका सबै सदस्यहरु अधिकांश समय बस्ने हुँदा उनीहरुले प्रहरी कहाँ ऊजुरी गर्न सहज नमानेको डिना स्मैलोभा बताउनुहुन्छ ।
पछिल्लो दुई वर्षमा नेमोल्चीले करिब १२० जना महिलालाई कानून परामर्श दिनुभएको छ । ४७ वटा मुद्दा बलात्कारसँग सम्बन्धित छन् । तर कोभिड–१९ को संक्रमणले नयाँ चुनौती थपेको डिना बताउनुहुन्छ । क्वारेन्टाइनको समयमा अदालत खुल्दैनन् । दाबीहरु स्वीकार गरिन्न । “पीडक आइसोलेट छैनन् । र महिलाले पीडकसँग बस्न बाध्य छन् ।”– उहाँ बताउनुहुन्छ ।
समस्या र यस्तो परिस्थितिका बीच डिना महिलालाई सुरक्षित राख्ने उपाय बनाएर न्याय प्रदान गराउन प्रयासरत हुनुहुन्छ । कजाख्स्तानमा घरेलु हिंसा अपराधको रुपमा गनिदैन् । तर पीडकले सुरक्षा दिने आदेशको पालना नगर्नु अपराध मानिने भएकोले यस प्रकारको मुद्दालाई परिणत गरी कानूनी उपचारका लागि पहल गर्न प्रयासरत रहेको उहाँ थप्नुहुन्छ ।
५.एन्टीगुआ र बार्बुडाकी रयानसिया हेनरी
क्यालिफोर्निया होटेल बन्द हुँदा हाउसकिपिङ निर्देशकको रुपमा कार्यरत रयान्सिया हेनरी कामविहीन बन्न पुग्नुभयो । एन्टीगुवा र बर्बुडामा रहेकि आफ्नो आमालाई उहाँले सम्पर्क गर्दा आमाले घर फर्किन बताउनुभयो । तर टापू पुग्ने अन्तर्राष्ट्रिय विमान बन्द भइसकेको हुँदा रयान्सियाका लागि घर फर्किनु सम्भव भएन । उहाँ एक्लै संयुक्त राज्य अमेरिकामा बस्नुभयो । रयान्सियासँगै दशौं लाख श्रमिक अहिले बेरोजगार भएका छन् । अन्य प्रवासी श्रमिक झैं उहाँले परिवार धान्न अतिरिक्त कार्य गर्ने जुक्ति लगाउनुभयो । आफूसँग भएको केही बजेट उहाँले घर धान्न आमालाई पठाउनुभयो ।
तर सीमित स्रोतसाधन बोकेको सानो टापू राष्ट्रमा कोभिड–१९ को संक्रमण देखिए समुदाय निकै समस्यामा पर्ने चेतका साथ उहाँले अमेरिकास्थित आफू बस्ने कोठाबाटै जनचेतना मूलक अभियान चलाउनुभयो । र उक्त अभियान अधिकांश जसो एन्टीगुवा र बर्बुडाका सर्वसाधारणका लागि केन्द्रित गर्नुभयो । सामाजिक सञ्जालमा उहाँले लाभदायक सन्देशहरु साझा गर्नुका साथै परिवार र समुदायका व्यक्तिहरुको अवस्थाबारे नियमित सोधपूछ गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?