logo
२०८१ असोज ७ सोमवार



भारतमा कोरोना संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


भारतमा कोरोना संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २७ गते । भारतमा कोभिड–१९ संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत मापन गरिएको छ । केन्द्रीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा. हर्षवद्र्धनले स्वास्थ्यलाभ दरमा सुधार आएको बताउनुभयो ।
नयाँ दिल्लीमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री हर्षवद्र्धनले शनिबारसम्म कोभिड–१९ को संक्रमण ५९ हजार ६६२ जनामा पुष्टि भएको जानकारी दिनुभयो । भारतमा ३९ हजार ८३४ जनामा कोभिड–१९ को भाइरस सक्रिय छन् । हालसम्म १७ हजार ८४७ जना संक्रमित उपचारपछि निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा ९५ जनाको मृत्यु भएको छ । हालसम्म कोभिड–१९ बाट संक्रमित भई मृत्यु भएकाको संख्या एक हजार ९८१ पगेको छ ।
भारतमा कोभिड–१९ संक्रमितको मृत्युदर ३.३ प्रतिशत मापन गरिएको छ । स्वास्थ्यलाभ दर २९.९ प्रतिशत पुगेको छ । पछिल्लो तीन दिनमा संक्रमितको संख्या दोब्बर हुने दिन ११ पुगेको छ । त्यसअघि दोब्बर हुने दर ९.९ दिन मात्रै थियो ।
भारतमा कोभिड–१९ संक्रमितको उपचारका लागि ८४३ अस्पतालमा एक लाख ६५ हजार ९९१ शैय्याको व्यवस्थापन गरिएको छ । त्यस अतिरिक्त एक हजार ९९१ स्वास्थ्य केन्द्रमा आईसीयू र आइसालेशन सुविधासहितको एक लाख ३५ हजार ६४३ शैय्या तयारी अवस्थामा रहेको मन्त्री हर्षवद्र्धनले जानकारी दिनुभयो ।
भारतको सबै राज्यमा गरी ३२ लाख ७६ हजार व्यक्तिगत् सुरक्षा उपकरण वितरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?