गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २५८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकु र भेरी अस्पतालमा गरिएकाे परीक्षणबाट साे पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नरैनापुरा १, ३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।