logo
२०८१ मंसिर १० सोमवार



बाँकेका २१ जना निको भई अस्पतालबाट घर फर्किए

स्वास्थ्य |


बाँकेका २१ जना  निको भई अस्पतालबाट घर फर्किए


सिराज खान /गोविन्द शर्मा
नेपालगञ्ज, जेठ ९ गते । नेपालगञ्जका २१ जनाले कोरोनालाई पराजित गरेर शुक्रवार दिउँसो घर फर्किएका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि आज उनिहरुलाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेहरुमा ७ वर्षिय बालिकादेखि ६० वर्षका पहिलो संक्रमित समेत रहेका छन् ।
कोरोनालाई पराजित गर्ने २१ जनालाई अस्पतालको हाता भित्र भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा लगायत स्वास्थ्यकर्मीहरुले फुलको गुच्छा दिएर विदाई गर्नुभयो ।
सो अवसरमा उहाँले अझैपनि केही दिन घरमा गएर एकान्तवासनै बस्न सल्लाह सुझाव दिंदै लकडाउनको पालना गर्न आग्रह गर्नुभयो ।
अस्पतालको गेटमा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगरले निको भएका सबैलाई स्वागत सम्मान गर्दै सानो समयमै कोरोनालाई पराजित गर्न सफल भएकोमा बधाई दिनुभयो ।
देशमै पहिलोपटक एकै पटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर घर फर्किएका हुन् ।
खजुरास्थित क्यान्सर अस्पतालमा उपचारत बाँके नेपालगन्जका २१ जना कोरोना संक्रमितहरु निको भएपछि एकैपटक डिस्चार्ज गरिएको भेरी अस्पतालका प्रमुख डा. थापाले बताउनु भएको हो ।
कोरोना विशेष अस्पतालमा उपचाररत ती संक्रमितहरुको दुई पटक लगातार परीक्षण गर्दा रिपोर्ट नभेटिएपछि डिस्चार्ज गरिएको थियो ।
अस्पतालमा रहेका नेपालगञ्जका २५ जना मध्ये ३ जनाको रिपोर्ट पोजेभिटनै आएको र एकजनाको समय नपुगेकोले ४ जना अझै एक साता अस्पतालमा रहने र त्यसपछि परिक्षण गरेर नगेटिभ आएमा घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा नेपालगञ्जका चार सहित अन्य सात जना उपचाररत छन्
बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षिय बृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका थप २४ जनामा संक्रमण देखिएको थियो ।
कोरोना जितेर उनिहरु घर पुगेपछि उनिहरुको टोलमा समेत भव्य स्वागत गरिएको छ । टोलमा गेट बनाएर पुष्प वर्षागरि उनिहरुको स्वागत गरिएको वडा नम्बर ८ का स्थानीय अगुवा शमसुद्दिन सिद्दिकीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?