logo
२०८१ मंसिर १० सोमवार



ग्राण्डीका सङ्क्रमित कर्मचारी ल्याबमा काम गर्थे, सम्पर्क खाेजी जारी

स्वास्थ्य |


ग्राण्डीका सङ्क्रमित कर्मचारी ल्याबमा काम गर्थे, सम्पर्क  खाेजी जारी


सरोज ढुङ्गेल

काठमाडौँ, जेठ १० गते । टोखास्थित ग्राण्डी अस्पतालका एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अस्पतालको ल्याबमा काम गर्ने ३५ वर्षीय पुरुषलाई कोरोना भएको जानकारी दिनुभयो । उहाँले महाशाखाको टोली ग्राण्डी अस्पताल गएर कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताउनुभयो । डा. पाण्डेले सङ्क्रमित बिरामीलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा ल्याई उपचार जारी रहेको बताउनुभयो । यता ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बेलुकासम्म सबै विवरण आउने जानकारी दिँदै कोरोनाका लागि छुट्टै राखेर उपचार गर्ने वार्ड बनाइएको बताउनुभयो । रोग नियन्त्रण महाशाखा प्रमुख डा. पाण्डेले सङ्क्रमित पुरुष काम गर्ने वार्ड सिल गर्नुपर्ने भन्दै सिल गर्ने काम महाशाखाको नभएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?