logo
२०८१ मंसिर १० सोमवार



टोखाका सङ्क्रमित व्यापारी र ज्योतिषी भएको प्रारम्भिक जानकारी

स्वास्थ्य |


टोखाका सङ्क्रमित व्यापारी र ज्योतिषी भएको प्रारम्भिक जानकारी


नगेन्द्र सापकाेटा 
काठमाडौँ, जेठ १२ गते । काठमाडौंँको टोखा नगरापलिका वडा नं. ३ र ६ मा भेटिएका २७ र ४१ वर्षीय पुरुषसँगै सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको टोखा नगरपालिकाले जनाएको छ ।
प्रारम्भिक अध्ययन अनुसार उहाँरू दुवै जना उपत्यका बाहिरबाट आई बसको बुझिएको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक जना तीन महिना अगाडि ग्रान्डी अस्पतालको करिब १०० मिटर उत्तरतर्फ किराना पसल किनेर आफैँ सञ्चालन गरी बसेको र अर्को व्यक्ति ज्योतिषी काम गर्ने भन्ने बुझिएको तर पूर्णरुपमा पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
कतिपय व्यक्तिले उहाँहरू यसअघि कोरोना भाइरसबाटै मृत्यु भएका सिन्धुपालचोकका सुत्केरी महिलासँगै व्यापार गर्ने भनिए पनि त्यो सत्य नभएको उपप्रमुख डङ्गोलले स्पष्ट गर्नुभयो ।
त्यस्तै, बूढानिलकण्ठ नगरपालिका वडा नं. ३ का ३७ वर्षीय पुरुषको विषयमा थप जानकारी लिने काम भइरहेको बूढानिलकण्ठ नगरपालिकाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?