logo
२०८१ असोज ८ मंगलवार



विश्व स्वास्थ्य सङ्गठनद्वारा हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षण बन्द गर्ने निर्णय

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |
फिचर |


विश्व स्वास्थ्य सङ्गठनद्वारा हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षण बन्द गर्ने निर्णय


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १३ गते । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसविरुद्ध उपयोगी मानेर प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको क्लिनिकल परीक्षणमा राेक लगाएकाे  छ । भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार गत् साता सार्वजनिक गरिएको एक अध्ययनले हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुनसक्ने देखाएको थियो । लगत्तै विश्व स्वास्थ्य सङ्गठनले तत्कालका लागि उक्त औषधिको प्रयोगशाला परीक्षण बन्द गर्ने निर्णयमा पुगेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रमुख टेड्रस अदनोम गेब्रेससले औषधि प्रयोगको सुरक्षाबारे पुनरावलोकनपछि प्रयोगशाला परीक्षण बन्द गर्ने निर्णयमा पुगेको जानकारी दिनुभयो । यसअघि उक्त औषधि अमेरिकासहित कतिपय राष्ट्रमा कोभिड–१९ विरुद्ध प्रयोगमा ल्याइएको थियो । मलेरिया रोग विरुद्ध चलाइने उक्त औषधि भारतले विश्वभरि निर्यात गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?