logo
२०८१ मंसिर १० सोमवार



दाङका थप आठ जना कोरोना जितेर घर फिर्ता

स्वास्थ्य |


दाङका थप आठ जना कोरोना जितेर घर फिर्ता


गोकर्ण पौडेल
तुलसीपुर जेठ १६ गते । कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर शुक्रबार घर फर्कनुभएको छ । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना बिरामी घर फर्किनुभएको हो ।

शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिनुभयो । बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११ गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्कनुभएको हो ।

निको भएर घर फर्किनेहरु १८ बर्षदेखि ४३ बर्ष उमेर समुहका रहेको कोरोना बिशेष अस्पताल बेल्झुण्डीका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिनुभयो । शुक्रबार अस्पतालले उहाँहरुलाई फूलका गुच्छा दिएर बिदाई गरेको हो । अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भैरहेको छ । कोरोना विशेष अस्पतालमा पहिलो पटक अन्य जिल्लाबाट सङ्क्रमित ल्याउदा शान्तिनगर गाउँपालिकाले बिरामी नल्याउन विज्ञप्ति मार्फत विरोध जनाएको थियो । यद्यपि स्थानीयहरुले भने बिरामी ल्याएर उपचार गर्नुपर्ने अडान राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?