logo
२०८१ मंसिर १३ बिहीवार



नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्याे

स्वास्थ्य |


नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्याे


गोरखापत्र अनालइन
काठमाडौँ, जेठ १६ गते । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।
छैठाैँ मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकानिवासी ३५ वर्षीय पुरुष रहेको उहाँले बताउनुभयाे ।  उहाँ भारतबाट जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उहाँको स्वाबको नमूना लिइएको थियाे ।  नेपाल प्रवेश गरेसँगै उहाँको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?