गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २२ गते । काेराेना भाइरसकाे सङ्क्रमणबाट थप १२ जना निकाे भएर डिस्चार्ज हुनुभएको हो । योसँगै निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २९० पुगेको छ ।
पुरुष २३४ र महिला ५६ जनालाई पूर्ण रुपमा निको भएकाे छ ।
आज डिस्चार्ज हुनेमा नारायणी अस्पताल वीरगञ्जबाट पाँच जना ९ आैं दिनमा र कलैया अस्पताल बाराबाट सात जना १० दिनदेखि १७ दिनमा निको भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।