logo
२०८१ मंसिर १० सोमवार



थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो

स्वास्थ्य |


थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो



गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २३ गते । नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएका छन् । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेकाे नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको सङ्ख्या ३३३ जना पुगेको छ ।

सुनसरी ८, झापा १, मोरङ ६, अर्खाखाँची १, नवलपरासी २ पाल्पा १, रुपन्देही १८, सिन्धुली ३, बारा २, तनुहँ २, भोजपुर ५, झापा १, सुनसरी १३, कैलाली ४, अछाम १, बझाङ १, डडलेधुरा ५, रामेछाप १७, काभ्रे ५, झापा १०, दैलख ९०, जुम्ला ३, जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखा स्थायी ठेगाना भएका एक/एकजनालाई सङ्क्रमण देखिएको छ । सुर्खेत १, दाङ १, बारा १, धनुषा ४, कपिलवस्तु ४४, महोत्तरी १७ र रौतहटका ६ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

६८ जिल्लामा सङ्क्रमण भएको छ । काठमाडौँका निजी अस्पतालमा उपचारमा रहेका गुल्मी र कास्की स्थायी ठेगाना भएका एक/एकजना पुरुषलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?