logo
२०८१ मंसिर १० सोमवार



यूएईबाट नेपाल आउनुभएको एक महिलामा कोरोना सङ्क्रमण पुष्टि

स्वास्थ्य |


यूएईबाट नेपाल आउनुभएको एक महिलामा कोरोना सङ्क्रमण पुष्टि


गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३० गते । यूएईबाट नेपाल आउनुभएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँ जेठ २३ गते यूएइबाट फर्किएपछि खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको र शुक्रबार उहाँ मुलपानीस्थित क्वारेन्टाइनमा सर्नुभएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले बताउनुभयो ।
हाल उहाँलाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको र उहाँको सम्पर्कमा आएकाको खोजी शुरु भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?