गाेरखापत्र अनलाइन
काठमाडाैं, जेठ ३१ गते । नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।
शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो ।
काेभिड १९ बाट सङ्क्रमित ३६ जना निकाे भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुने ९१२ पुगेकाे छ ।
भाइरसका कारण दुईजनाकाे मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । नेपालका ७७ जिल्ला मध्ये ७२ वटामा काेराेना भाइरस फैलिएकाे छ ।