logo
२०८१ मंसिर १० सोमवार



योग, योगासन र प्राणायाम

स्वास्थ्य |


योग, योगासन र प्राणायाम


– आचार्य श्री स्वामी ध्रुव

छैटाँै योग दिवस यही असार ७ गते मनाइँदै छ । यस सुअवसरमा योग, योगासन र प्राणायामका बारेमा केही जानकारी दिन गइरहेको छु ।
आयुर्वेदमा भनिएको छ चार प्रकारको महासुख हुन्छ ।
१. स्वस्थ शरीर ।
२. दैनिक आम्दानी ।
३. आज्ञाकारी पुत्र ।
४. मीठो कुरा गर्ने श्रीमती ।
हामी सबैले बुझ्नुपर्छ हाम्रो जीवनमा स्वास्थ्यको कति महìव छ तर अति व्यस्तता र अल्छीपनाले गर्दा हामी स्वास्थ्यका लागि कुनै आवश्यक कार्य गर्दैनौँ ।

योग र योगासनमा अन्तर
योग
योग आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम हो । कुनै पनि साधक एउटा ध्यान विधिको प्रयोग गरेर यसको लाभ लिन सक्छ । विज्ञान भैरवतन्त्र पुस्तक भगवान् शिव र माता पार्वतीको वार्तालापको अंश हो । यसमा १०८ प्रकारको ध्यानविधि र चार प्रकारका अविधिको वर्णन छ । यसको एउटा मात्र ध्यान विधिको प्रयोग गरेर लाभ लिन सकिन्छ ।
प्राणायाम
प्राणायाम एक प्रकारको सासको क्रिया हो । शास्त्रहरूमा सातदेखि १० प्रकारका प्राणायामको वर्णन गरिएको छ  । हामीले कुनै पनि दुई वा तीनवटा प्राणायाम गर्नुपर्छ । धेरै गर्नु पर्दैन । यहाँ सबैका लागि अति आवश्यक दुईवटा प्राणायामको जानकारी दिइएको छ ।
सरल प्राणायाम
यो क्रिया गर्नका लागि पलेटी कसेर बस्नुपर्छ । नाकबाट विस्तारै विस्तारै लामो र गहिरो सास लिने अनि नाकबाट नै छोड्ने । यस क्रियालाई कम्तीमा ५० चोटि गर्नु होला ।
अन्तर्कुम्भक प्राणायाम
यो क्रिया गर्नका लागि पनि पलेटी कसेर बस्नुपर्छ । विस्तारै लामो र गहिरो सास नाकबाट लिने । १० देखि १६ सेकेन्डसम्म सास भित्र रोक्ने र त्यसपछि विस्तारै विस्तारै नाकबाटै सास छाड्ने । यस क्रियालाई पाँच मिनेटसम्म गर्नु होला ।
मिल्ने लाभ– शान्ति, धैर्य, एकाग्रता तथा मानसिक क्षमतामा वृद्धि । यसबाहेक चञ्चलता र डरबाट मुक्ति ।
योगासन
योगासन एक प्रकारको शारीरिक व्यायाम हो । यसमा शरीरलाई लयबद्ध तरिकाले अगाडि, पछाडि, दाहिना, देब्रे मोड्नु र सीधा गर्नुपर्छ । यसमा केही क्रिया बसेर, केही क्रिया सुतेर र केही क्रिया उभिएर गरिन्छ । योगासन कति प्रकारको छ निश्चित रूपमा भन्न सकिँदैन । सामान्य रूपमा लगभग एक सय आठ प्रकारका योगासन विधिको वर्णन गरिएको छ । यीमध्ये आवश्यकतानुुसार कुनै पनि आठदेखि १० आसन गर्नुपर्छ ।
योगासनको अति आवश्यक सिद्धान्त
१. सबैभन्दा पहिला योगासन । त्यसपछि प्राणायाम र अन्त्यमा ध्यान गर्नुपर्छ ।
२. कुनै प्रकारको शल्यक्रिया गरिएको छ भने छ महिनापछि मात्र योगासन गर्नुपर्छ ।
३. मासिक धर्म, शरीरमा कुनै प्रकारको पीडा र मौसमी बिरामी भएका बेलामा योगासन गर्न मिल्दैन ।
४. कुनै किताब पढेर, टेलिभिजन, नयाँ योगाचार्य वा कुनै अपरिचित ठाउँमा योगासन सिक्नु हुँदैन । योग्य योगाचार्यबाट सिकेर मात्र योगासन गर्नुहोला ।
५. खाली पेटमा वा खाना खाएको तीन घण्टापछि मात्र योगासन गर्न सकिन्छ ।
६. साफ जमिनमा र हल्का वस्त्र लगाएर योगासन गर्न राम्रो हुन्छ ।
७. कुनै पनि क्रियालाई विस्तारै विस्तारै गर्नुपर्छ ।
८. प्राणायाम, ध्यान (योग) तथा योगासन गर्नका लागि आवश्यकता र मात्राको ख्याल राख्नुपर्छ ।
९. पहिलो दिनदेखि नै योगासनको धेरै क्रिया गर्न मिल्दैन ।
१०. निद्रा र खानाजस्तै दैनिक जीवनमा प्राणायाम, योग र योगासन अवश्य जोड्नु पर्छ ।
११. योगासनको क्रिया गर्ने बेला बीचबीचमा दुुुई÷तीन मिनेटको अन्तराल राख्नुपर्छ । त्यो बेला बसेर वा सुतेर लामो र गहिरो सास लिनुस् र छोडनुस् ।
१२. जाडोमा ४० मिनेट, वर्षामा ३० मिनेट र गर्मीमा २५ मिनेटभन्दा बढी योगासन गर्न मिल्दैन ।

१. बज्रासन– हाम्रो शरीरमा बज्र नामको एउटा नाडी छ । यसै कारण यस आसनको नाम बज्रासन राखिएको हो । यो आसन गर्नका लागि कम्बल वा चकटीमाथि घुँडा दोबारी आफ्नै कुर्कचा माथि बस्नुहोस् । यसरी बस्दाखेरि खुट्टाका दुवै बूढीऔँला आपसमा छोएको तर कुर्कुचा चाहिँ फाटिएको हुनुपर्दछ । हात दुवै घुँडामाथि राख्नुहोस्, ढाड र गर्धनलाई एकदमै सीधा राख्ने । यो कम्तीमा १० मिनेट गर्नुस् । यसमा लामो र गहिरो सास विस्तारै लिनुस् र छोडनुस् ।
लाभ– आमाशय र मस्तिष्कलाई शक्ति दिन्छ । आँखाको ज्योति तेज गर्छ । ढाड, कमर, तिघ्रा, घुँडा र सम्पूर्ण पाचन प्रणालीलाई बलियो बनाउँछ । हर्निया, ग्यास्ट्रिक र कब्जियतमा फाइदा गर्छ ।
२. पृथ्वी नमस्कार– यो आसन गर्नका लागि पहिला बज्रासनमा नै बस्ने । दुवै हात पछाडितिर गरेर एक अर्कालाई समात्ने । त्यसपछि सास निकाल्दै तलतिर टाउको झुकाउने तथा एकछिन रोकेर सास लिँदै माथि आउने । यस क्रियालाई तीनदेखि पाँच पटक गर्नुहोस् । (स्लिपडिस्क, साइटिका र हाड दुःखेमा यसो गर्नु हुँदैन)
लाभ– पेटको बोसो घटाउँछ । कम्मर बनाउँछ । मानसिक शान्ति, धैर्य वृद्धि र तनावबाट मुक्ति प्रदान गर्छ ।
३. मत्स्यासन– यो आसन गर्नका लागि पद्मासन वा सुखासनमा बस्नुस् । त्यसपछि विस्तारै पछाडितिर फर्केर पल्टेर सुत्नुहोस् तथा दुवै हात जोडेर टाउको मुनि राख्नुस् । यसै स्थितिमा १० पटक लामो र गहिरो सास लिनुस् र छोडनुस् । त्यसपछि पूर्वस्थितिमा आउनुस् ।
लाभ– थाइराइड ग्रन्थी, स्पाइनल कोर्ड, पिठ्यूँ र फोक्सोको कार्य क्षमतामा वृद्धि । दम, चिसो, रुघाखोकीबाट मुक्ति र मस्तिष्कमा रगतको अतिरिक्त आपूर्ति हुन्छ । मानसिक क्षमता बढ्छ ।
४. ताडासन– यसलाई वृक्षासन पनि भनिन्छ । ताडासन गर्नका लागि सीधा उभिनुहोस् । त्यसपछि सास लिँदै दुइटै कुकुर्चालाई उठाउनुस् र दुइटै हाथ माथितिर तन्काउँदै लग्ने । कुर्कुच्चा उठाई पैताला माथि उभिने र सकेसम्म त्यस अवस्थामा रोकिने । अनि विस्तारै विस्तारै सास छोडदै हात तल गर्नुस् । यस क्रियालाई १० पटक गर्नुस् ।
लाभ– आमाशय, मलाशय र मुुटुको स्नायुलाई बलियो पार्छ । बाथ र जोर्नी दुःखाईबाट मुक्ति दिन्छ ।
५. त्रिकोणासन– आसनमाथि दुई फिटको दूरीमा खुट्टा पैmलाएर सीधा उभिनुहोस् । सास छोड्दै अगाडितिर झुक्नुहोस् र दायाँ हातबाट बायाँ खुट्टालाई स्पर्श गरेर सास लिँदै फिर्ता आउनुहोस् । फेरि त्यस्तै सास छोड्दै झुक्नुहोस् र बायाँ हातबाट दायाँ खुट्टालाई स्पर्श गर्नुहोस् र फिर्ता सीधा पूर्वस्थितिमा आउनुहोस्् । यसलाई बीस पटक गर्नुहोस् । आवश्यकता अनुसार यसलाई बढाउन सकिन्छ ।
लाभ– शारीरिक र मानसिक तनाव तथा निराशाबाट मुक्ति दिन्छ । कब्जियत ठीक गर्छ । प्रोस्टेट ग्रन्थीलाई बलियो बनाउँछ र अनावश्यक बोसो नष्ट गर्छ । लम्बाइ र रोग प्रतिरोधक क्षमतालाई बढाउँछ तथा यौन समस्या हटाउँछ ।
६. अर्धवक्रासन– सीधा उभिनुहोस् । दुवै हात कम्मरमाथि राख्नुहोस् । सास लिँदै शरीरको माथिको भागलाई घुमाउँदै पछाडितर्पm हेर्नुहोस् र सास छाड्दै पूर्वस्थितिमा आउनुहोस् । दायाँबायाँ तीन–तीनपटक गर्नुहोस् ।
लाभ– मधुमेहलाई नियन्त्रित गर्छ । प्यानक्रियाजको कार्यक्षमता वृद्धि गर्छ तथा कम्मरलाई बलियो बनाउँछ । बाथरोग, घाँटी रोग, टाउको र पिठ्यूँ दुख्नेमा लाभ मिल्छ । रक्तसञ्चार सुचारु राख्छ ।
७. पवन मुक्तासन – उत्तानो परेर सुत्नुहोस् र दुवै घुँडालाई मोडेर पेटमाथि राख्नुस् । दुवै हातले घुँडा समातेर सास निकाल्दै थिच्नुहोस् । त्यसक्रममा टाउकोलाई घुँडामा छुवाउने । यस्तो गर्ने बेलामा तिघ्राले पेटलाई थिच्ने । पाँच सेकेन्डपछि गहिरो सास लिँदै विस्तारै टाउको पूर्वस्थितिमा ल्याउने । यस क्रियालाई पाँच पटकसम्म गर्ने ।
लाभ– पाचनक्रिया राम्रो हुन्छ । ग्यास्ट्रिक, बबासिर, मुटु रोग, कब्जियत र पेटसम्बन्धी सबै रोगबाट मुक्ति मिल्छ । कम्मर, तिघ्रा, आन्द्रा र घुँडामा रक्तसञ्चार बढ्छ । पेटको दूषित वायुलाई बाहिर निकाल्छ ।
८. शवासन – उत्तानो मुद्रामा दुवै हात र खुट्टा केही फरक दूरीमा राखेर सुत्नुस् । मनमा यस्तो भाव गर्नुस् कि सम्पूर्ण शरीर शिथिल भइरहेछ, मन शान्त भइरहेछ । हलचल नगरिकन विस्तारै र सहज तरिकाले लामो र गहिरो सास तान्नुस् र छोड्नुस् । यसलाई कम्तीमा १० मिनेटसम्म र बढीमा ३० मिनेटसम्म गर्न सकिन्छ ।
लाभ – केन्द्रीय स्नायु प्रणालीलाई शान्त गर्छ र त्यसलाई बलियो पार्छ । तनाव, क्रोध, अनिद्रा, मुटुरोग, जोर्नी दुःखाई, टाउको दुःखाई तथा उच्च र निम्न रक्तचापबाट मुक्ति दिन्छ । पाचनक्रियालाई राम्रो गर्छ र सम्पूर्ण शरीरको हार्मोनलाई सन्तुलित गर्छ । यसबाहेक रोग प्रतिरोधक क्षमतालाई बढाउँछ ।

ब्रह्मसूत्र ध्यान विधि
अति नै प्राचीन र रहस्यमयी ध्यान विधिलाई परिस्कृत गरेर ब्रह्मसूत्र ध्यान विधि बनाइएको छ । आधुनिक युगका मानिसका लागि यो विधि धेरै नै प्रभावकारी र लाभकारी छ । यो यति सजिलो छ कि सबै उमेरका मानिसले यसलाई सजिलै गर्न सक्छन् । यो विधि जम्मा १५ मिनेटको मात्र छ ।
यसमा सबैभन्दा पहिला पाँच मिनेटसम्म लामो र गहिरो सास लिने । १२ देखि १५ सेकेन्डसम्म सास भित्र रोक्ने त्यसपछि विस्तारै बाहिर निकाल्ने । दोस्रो चरणमा पाँच मिनेटसम्म लगातार ‘ॐ’ उच्चारण गर्नुपर्छ ।
तेस्रो र अन्तिम चरणमा पाँच मिनेटसम्म हलचल नगरी चुपचाप बस्ने अनि बाहिरी र भित्री क्रिया प्रतिक्रियालाई अनुभव गर्ने ।
हाम्रो शरीरको व्यवस्थापन राम्रो तरिकाले गर्नका लागि ग्रन्थीले विभिन्न प्रकारका हर्मोन र रसायन निष्कासन गर्छन् । जसले गर्दा स्वास्थ्य, कार्यक्षमता, धैर्य, आत्मविश्वास र शान्तिमा वृद्धि हुन्छ ।

लेखक माइन्ड मेनेजमेन्ट इन्टरनेसनलका निर्देशक, स्प्रिच्युअल ट्रेनर र संस्थापक हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?