logo
२०८१ मंसिर १० सोमवार



काठमाडाैँमा तीनसहित थप ४२६ सङ्क्रमित, कुल आठ हजार २७४

स्वास्थ्य |


काठमाडाैँमा तीनसहित थप ४२६ सङ्क्रमित, कुल आठ हजार २७४


गोरखापत्र अनलाइन

काठमाडौँ, असार ५ गते । नेपालमा थप ४२६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । थप ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएकाे  नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।  

निकाे भएकाे १४०२ 

थप २१६ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ४०२ निकाे भएका छन् । 

रेड जाेनमा ५०३ जना पुगेकाे छ । 

काठमाडाैंमा तीन सङ्क्रमित 

काठमाडाैँमा थप दुई महिला र एक पुरूष पनि सङ्क्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?