logo
२०८१ असोज ९ बुधवार



डब्लुएचओ प्रमुखको चेतावनीः महामारीलाई राजनीतिकरण नगर्नुस्

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


डब्लुएचओ प्रमुखको चेतावनीः महामारीलाई राजनीतिकरण नगर्नुस्


दुबई, असार ८ गते।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिनुभएको छ । “विश्व नेताहरूले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नुपर्छ,” डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले सोमबार भन्नुभयो ।
उहाँले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गर्नुभएको छ । सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरूमा नदेखिएको चिन्ता पनि उहाँले व्यक्त गर्नुभयो ।
राजनीतिकरण नगर्न आह्वान गरिएकोसम्बन्धी उहाँको भनाइ विशेष गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ । उहाँले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गर्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरि कोरोनाभाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आउनुभएको छ । डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरूको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ ।
ती देशहरूमा अझै पनि धेरै कोरोनाभाइरसबाट सङ्क्रमितहरू धेरै रहेको र अस्पतालहरूमा बिरामीहरूको भीड भइरहेको उहाँले उल्लेख गर्नुभएको छ । विश्वभरि पछिल्लो तीन महिना कोरोनाभइरसको महामारी फैलिएको छ । शुरुको तीन महिनामा विश्वभरि दश लाख मानिस सङ्क्रमित भएको र त्यति नै सङ्ख्यामा सङ्क्रमितहरू पछि आठ दिनमा वृद्धि भएको पनि डब्लुएचओले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप