logo
२०८१ मंसिर १० सोमवार



 पाल्पाका थप ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

स्वास्थ्य |


 पाल्पाका थप ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि


 
शालिकग्राम नेपाल

चितवन,  असार ११ गते । भरतपुरस्थित काेभिड-१९ प्रयाेगशालामा गरिएको परीक्षणमा पाल्पा जिल्लबाट ल्याइएका ९३ जनाकाे स्वाबमा काेराेना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमूनामध्ये बुधबार  गरिएको परीक्षणमा ठूलाे सङ्ख्यामा पाेजिटिभ देखिएको हाे । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेकाे अस्पतालले जनाएको छ । 

यसबाहेक भरतपुरका विभिन्न अस्पतालबाट सङ्कलित अन्य ६३ जनाकाे स्वाबकाे नतिजा भने नेगेटिभ आएको छ । भरतपुर प्रयाेगशालामा हिजाे २९७ जनाकाे परीक्षण गरिएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?